कभर खबर

  • २३ आश्विन २०७७, शुक्रबार १७:२७

सल्यान पश्चिम बनगाडमाअबैध घरेलु मदिरा नस्ट

इन्द्र बुढाथोकी ,सल्यान
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले अबैध घरेलु मदिरा नष्ट गरेको छ । बिहिवार ४ न वडाको गर्चेबाट ४० लिटर घरेलु मदिरा नस्ट गरेको छ ।                                                                        पछिल्लो चरमा दिनुह झैझगडा बढ्न थाले पछि मदिरा सेवन गर्ने र बिक्री वितरणमा कडाइ हुन थालेको छ । दिउँसो मदिरा सेवन गरी सडकमै पल्टने, समाज तथा घरपरिवारमा झैझगडा हुने गरेको उजुरी धेरै आउने गरेको भन्दै ईलाका प्रहरी कार्यालय सल्लिबजारले मदिरा सेवन गर्ने र विक्रिवितरणमा कडाइ सुरु गरेको हो ।                                                                चाडपर्व नजिकै गर्दा ईलाका प्रहरी कार्यालयको टोलिले घरेलु मदिरा नस्ट तीव्रता दिएको छ । जस अनुसार असोज ४ गते सल्लीबजारबाट ४० लिटर मदिरा ९० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ नस्ट गरेको थियो भने ६ गते आपखोली ६५ लिटर मदिरा र २५ लिटर कच्चापदार्थ बरामद गरि स्थानीय बजार गाउँघरमै पुगि मदिरा जन्य पदार्थ नष्ट गर्न थालेको छ ।   जिल्लामा मदिरा विक्रि वितरणमा कडाइ गर्ने जिल्ला प्रहरी प्रमुख गोविन्द थापाले बताए । साथै सो कार्यमा प्रयोग हुने भाडाकुडा समेत नष्ट गरिएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार १७:२७