कभर खबर

  • २३ आश्विन २०७७, शुक्रबार २१:०२

मुसिकोट नगरपालिकाको एकता तथा सपथ ग्रहण सम्पन्न

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिम् मुसिकोट नगरपालिकाको प्रथम बैठक तथा सफथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । भावना शर्मा सयोजक र प्रमिला कठायत सहसयोजक रहेको नगर कमिटी ३५ सदस्यीय बनेको छ । जुन कमिटीलाई अनेरास्ववियूका केन्द्रिय सदस्य सुन्दर शर्माले सफथ ग्रहण गराउनुभयको हो ।              नेकपाका केन्द्रिय सदस्य राजकुमार शर्माको प्रमुख आथित्यता रहेको कार्यक्रममा  नेकपा प्रदेश कमिटी सदस्य तथा नेकपाका जिल्ला सचीव विमल कुमार पुन ,प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदय देवि ओलि,प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरी ,प्रदेश कमिटी सदस्य बुद्दी प्रसाद गौतम र प्रदेश कमिटी कै सदस्य गोपेस्वर केसि लगायत नेकपाका जिल्ला कमिटी सदस्यहरुको अतिथी रहेको थियो ।             यस्तै अनेरास्ववियू जिल्ला कमिटी सयोजक सुशील बिस्ट र सहसयोजक हुकुम बिसि लगायत अनेरास्ववियू जिल्ला कमिटीका सदस्य हरुको पनि उपस्थिति रहेको थियो नगर सयोजक भावना शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहसयोजक प्रमिला कठायतले गर्नुभयको थियो ।

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार २१:०२