नेताको पुजा होइन जनताको पुजा गर्नु पर्छ नेता शाह

इन्द्र बुढाथोकी / सल्यान ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा कार्यकर्ता भेटघाटमा बोल्दै नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा नेता राजिव बिक्रम शाहले नेताको भन्दा जनताको पुजा गर्नु पर्ने बताउनुभएकाे छ  । काठमाडौबाट जाजरकोट जाने क्रममा शनिबार सल्लीबजारमा नेपाली काङ्ग्रेसका कार्यकर्ता भेटघाट गर्ने क्रममा यस्तो बताउनुभएकाे  हाे ।

उहाँले भन्नुभयाे अहिले सम्म जाजरकोट जिल्लाको जनताको विकासमा लागि परे अब समग्र रूपमा कर्णाली प्रदेशका दश वटै जिल्लाको जनताको लागि विकास गर्ने नेता शाहले बताउनु भएको छ । बिगतमा जनताको माझ नजादा बिगतको चुनावमा हार व्यहोर्नुपरेको बताउदै अब संघ संगठन बलियो बनाउनुभयाे ।

अन्य राप्रपा लगाएत सानो पार्टीमा गएर कुनै भविस्य नभएको भन्दै उनले अब नेपाली काङ्ग्रेस लाग्नु पर्ने उहाँले बताउनुभयाे  । १४ औं महाधिवेशनमा नजिकै गर्दा उनले भने पार्टी भित्र गुडबन्दीमा लाग्नु भन्दा राम्रो र असल नेता छान्न सबैलाई आग्रह गर्नु भएको छ । उनले भने मलाई देउवाको गुडको भन्छन् त्यसो होइन आफू नेतृत्व गर्ने सक्ने नेताको पछाडि लागेको र अब सबैले आआफ्नो ठाउबाट राम्रो नेतृत्व छानेर पठाउन कार्यकर्तालाई अनुरोध गरेका छन ।

प्रकाशित मिति: २५ आश्विन २०७७, आईतवार १३:०१