सल्यान अस्पताल जाने बाटोमा पहिरोले क्षति पुर्याएपछि सेवाग्राहीलाइ सास्ती

सल्यान ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको नवनिर्मित भवनको पछाडी पहिरोले बगाएपछि इमरजेन्सी सेवा लिने सेवाग्राहीहरु मर्कामा परेका छन् ।जटिल केसका विरामीहरुलाइ घुमाउरो बाटोबाट इमरजेन्सी वार्डसम्म पुर्याउनु परेको सेवाग्राही यादव हमालको गुनासो छ ।पहिले इमरजेन्सी वार्डको ढोकामै गाडी पुग्थ्यो,उहाँले भन्नुभयो,अहिले जटिल प्रकारका बिरामीलाइ वार्डसम्म पुर्याउन समस्या हुने गरेको बताउनुभयो ।

यस्तै बुहारीलाइ प्रसुती ब्यथा लागेर स्वास्थ्य सेवा कार्यालयमा प्रसुती गराउन पुर्याउनु भएकी सेवाग्राही हुमा केसीले पनि पहिरोले बाटोमा क्षति पुर्याएका कारण सेवा लिन समस्या भएको बताउनु भयो ।उहाँहरु जस्तै अन्य सेवाग्राहीहरुको पनि समस्या यही छ।विगत करिब तिन महिना अघि पहिरोले नवनिर्मित भवनको पछाडीको बाटो भत्किएपछि सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा आउने सेवाग्राहीलाइ समस्या हुने गरेको थाहा पाएर पनि सम्बन्धित सरोकारवालाहरुले यस विषयमा समयमै ध्यान पुर्याउन नसकेको अस्पतालको गुनासो छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका मेडकिल अधिकृत डाक्टर भिमकान्त जैसीले लामो समय भइ सक्दा समेत बाटोको मर्मत हुन नसक्दा सेवाप्रवाहमा समस्या भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो,अहिले कोभिड–१९का कारणपनि सतर्कता अपनाएर सेवा प्रवाह गरि रहेका छौं,तर गम्भीर प्रकृतिका बिरामीहरुलाइ लिएर आउने सेवाग्राहीलाइ अहिले समस्या भएको छ ।

शारदा नगरपालिकाले अस्पताल भवन निर्माण गरेर स्वास्थ्य सेवा कार्यालयलाइ भवन हस्तान्तरण गरि नसक्दै पहिरोले भवन पछाडी रहेको बाटो पहिरोले पुरेको र भवन समेत जोखिममा रहेको छ ।स्थ्य सेवा कार्यालय सल्यान कोभिड फोकल पर्सन रिखाराम पुनले स्वास्थ्य सेवा कार्यालयमा दैनिक रुपमा जटिल रोगका विरामीहरुको शल्यक्रिया हुने गर्छ । तर विरामीहरुलाइ समयमै उपचार दिन नसके कुनै दुर्घटना नहोला भन्न सकिदैन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा तिनै तहका सरकारले ध्यान पुर्याउन जरुरी रहेको सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति: २५ आश्विन २०७७, आईतवार १३:३६