गोरुको आक्रमणबाट सल्यानमा एक जनाको मृ,त्यु, एक घाइते

सल्यान ।

सल्यानमा गोरुको आक्रमणबाट एक जनाकाे मृ,त्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्लाको शारदा नगरपालिका ११ हिवल्चाका ५१ वर्षीय टिका बहादुर रावतको मृ,त्यु भएको हो । शुक्रबार बारी जोत्ने क्रममा उनलाई गोरुले आक्रमण गरेको थियो ।

गम्भिर घाइते रावतको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृ,त्तक रावतलाइ पेटमा गहिरो चोट लागेको प्रहरीले जनाएकाे छ ।

गोरुको आक्रमणबाट घाइते ५० वर्षीया गाजली रावतको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले बताउनुभएकाे छ ।

प्रकाशित मिति: २५ आश्विन २०७७, आईतवार १४:३१