मनो सामाजिक परार्मशले पिडितलाइ न्याय दिलाउन मदत गर्छ बिभिन्न संस्थागत अगुवाहरुको भनाइ

करेश्मा गिरी/ सल्यान ।

मंगलबार सल्यानमा न्यायिक संयन्त्र तथा सिमान्कृत समुदायका नगरीक समाज संस्थाका अगुवा र वकिलहरु बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ । संस्थागत सुधार मार्फत न्यायमा पहुच अभिबृद्धि परीयोजना यु.एन.डि.फिको सहयोग तथा दलित सेवासंघ ग्रामिण महिला उत्थानको साजेदारीमा कार्यक्रममा बिभिीन्न संस्थाका अगुव र वकिलहरुेको उपस्थित रहेको थियो ।

सरदा नगरपालीकाका उपप्रमुख तथा न्यायिक समितीका अध्यक्ष साबित्रा बस्नेतको प्रमुख आथित्यता रहेको उक्त छलफलमा समाजमा घटिरहेका विभिन्न हिंसाको बिषयमा छलफल भएको थियो । जवरजस्तीकरणी, बहुविवाह, बालबिवाह, घरेलु हिंसाका घटनाहरु धेरै हुने गरेको यस्ता घटनाहरु हुन नदिनको लागी सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने  न्यायिक समितीका अध्यक्ष साबित्रा बस्नेतको भनाइ छ।   बस्नेतका अनुसार सल्यानमा बढ्दो किसिममा रहेको बलात्कारको घटना गरिब र धनि बिचको खाडल भएको र त्यो खाडल पुर्ने जिम्मेवारी सम्पुर्ण बर्गाका जनताकाे  रहेको समेत उहाँले बताउनुभयो ।

यस्तै जिल्ला बाल संगठन एसोसेसन नेपालका सरकारी वयवकील लाल बहादुर सवतले समाजमा घटिरहेका घटनाहरुको विषयमा न्याय दिलाउने दायित्व न्यायमा कलम चलाउने वकीलको पनीहुने हुनाले सबै किसमका हिंसा एउटै किसमका नहुने पक्ष बिपक्षकाकुरा सुनेर न्याय दीलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो राजनीतीक आडबमा परेर पनी पिडितले न्याय पाउन नसकेको अवस्थाछ यसलाइ हाम्रो समाजबाट हटाउन जरुरी छ ।

बर्तमान समयमा बलात्कार, बहुबिबाह,महिला हिसां, आदि बिषयमा बिशेष छलफल भएको थियो । मनोपरामर्शले पिडितलाइ न्याय दिलाउन मदत गर्ने हुदा हाल समाजमा बढ्दो क्रममा रहेको हिंसा न्युनीकरण गर्नको लागि गाँउगाउमा पुगेर मनो सामाजिक परार्मश दिन जरुरी रहेको उपस्थीतहरुको भनाइ छ ।

प्रकाशित मिति: २८ आश्विन २०७७, बुधबार ११:४७