प्रचण्ड खत्री / रुकुम पश्चिम ।
रुकुम पशिमको बाफिकोट गाउपालिका द्दारा बजार अनुगमन सुरु गरिएको छ । दशैँ तिहारलाई मध्य नजर बजार अनुगमन गरिएको हो । २७ गत्तेदेखी शुरु भएको बजार अनुगमन केहि दिनमा सकिने बजार अनुगमन समितिका संयोजक तथा गाउपालिका उपाध्यक्ष मनकला पुनले बताउनुभयाे । बाफिकोट गाउपालिकाको व्यापारिक केन्द्र छिनखेत , कुनाखेत , जिपू गाउ , मग्माको लदुवा , तलिगाउ , नेताबजारका ब्यापारीले लकडाउनको समस्या देखाउदै ग्रहाकलाई प्रतक्ष्य रुपमा ठक्दै आएको गुनासो गाउपालिकामा आएपछी गाउपालिकाले याक्सन लिएको प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले जानकारी दिनुभयाे ।
बाफिकोट गाउपालिका बासि दशैँ , तिहार जस्ता चाडपर्बमा नठगिउन भन्ने उदेश्यले अनुगमन शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभयाे ।बाफिकोट गाउपालिका वडा नम्बर १ देखि १० नम्बर वडा सम्म १ हप्ता भित्र अनुगमन गरिने भएको छ । अहिले सम्म ३५० वटा पसल अनुगमन गरिभएको छ । बिशेष गरि एग्रोभेट पसल , मेडिकल पसल , गल्ला तथा किराना पसल , मासु पसल , डेरी पसल , मदिरा तथा होटलमा अनुगमन गरिएको छ ।नुगमनको क्रममा १ हप्ता भित्र सबन्धित वडा कार्यालयमा गएर दर्ता तथा नबिकरण गर्ने , सामान राख्दा म्याद गुर्जेका छ कि छैनन हेरेर राख्ने , ७ दिन भित्र दर्ता नगरेमा फेरी अनुगमनमा आएर पसल तथा जे पसल संचालन गरेको छ सिल गर्ने सुझाब पनि दिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभयाे ।
अनुगमन बाट ३ लाख बराबरको सामान बरामत गरि नस्ट गरिएको छ । अनुगमन टोलीमा बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर के सी , उपाध्यक्ष मनकला पुन , प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङ , लेखापाल केशब प्रसात ओली , वडा नम्बर ४ का वडा अध्यक्ष लीलाराम बिक , कार्यपालिका सदस्य सिता खड्का , कार्यपालिका सदस्य झरना शाही , कृषि सेवा केन्द्रका निमित्त कार्यालय प्रमुख बेदनारायण पुन , पशु सेवा केन्द्रका प्राबिधिक यान्जिला घर्ति मगर , स्वास्थ्य कार्यालयका अहेब सुनिल के सी , लगाएतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २८ आश्विन २०७७, बुधबार १६:०३