मोटरसाइकल चोर प्रहरीलाई देखेर भागेपछि

इन्द्र बुढाथोकी । जिल्लाको कुमाख गाउँपालिका ४ थदरामा घरमै राखेको मोटरसाइकल चोरी भएको छ । आफनै घरमा राखेको यज्ञ बहादुर योगीको भे ९ प २३६ नम्वरको मोटरसाइकल गत सोमबार चोरी भएको थियो ।
चोरी भएको मोटरसाइकल चालाउदै गरेकोबेला सल्लीबजारबाट गएको गस्तीमा गएको प्रहरीको टोलीलाई देखेपछि चोरले मोटरसाइकल विच सडकमै छोडेको अवस्थामा प्रहरीले फेला पारेको छ । विचबाटोमै मोटरसाइकल छाडेर भागेपछि प्रहरीले माटरसाइकल बरामद गरी सम्वन्धित मोटरसाइकल धनीलाई बुझाएको इलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज मिन बहादुर खडकाले जानकारी दिनुभयो ।
चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा प्रहरी दैनिक गस्ती बढाउनुका साथै सल्लीबजार लगाएत त्यस क्षेत्रमा वरपरका घटनाहरुलाइ निराकरण गर्न र अपराधीक पतालगाउन सल्लीबजारको सक्रिय भएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७७, बुधबार १७:०५