
सल्यान ।
पछिल्लो समय सहकारीहरुले पैसा लिने र ऋण दिने काम मात्रै गरी रहेको भन्ने गुनासो आइरहेको बेला सल्यानको सदरमुकाम खलंगामा रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारीले रचनात्मक काम गर्दै आएको छ ।
शारदा नगरपालिका –२ मा रहेको यस सहकारीले सहकारी शिक्षा कार्यक्रम, सुत्केरी भेटघाट कार्यक्रम, सदस्यहरुसँग अन्तरक्रिया, बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरी रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सल्यानका अध्यक्ष धिरेन्द्र शाक्यले जानकारी दिनुभयो ।
उहाँले यस सहकारीमा आबद्द सम्पूर्ण शेयर सदस्यहरुको कोरोना बिमा र दुर्घटना बिमा पनि गरिएको जानकारी दिनुभयो । सदरमुकाम खलंगामा रहेको आप्mनै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो जानकारी दिनुभयो ।
यस्तै यस सहकारीको सम्पत्ति रु.१९ करोड ४७ लाख बढि पुगेको छ ।गत आर्थिक बर्ष २०७६÷०७७ सम्म यस सहकारीले कुल सम्पत्ति रु.१९ करोड ४७ लाख ७२ हजार पु¥याएको सहकारीका प्रबन्धक शान्ता राइले जानकारी दिनुभयो। यस्तै हाल सम्म शेयर रकम २ करोड १७ लाख ८६ हजार २ सय पुगेको जनाएको उहाँले बताउनुभयो ।
सहकारीको २६ औं वार्षिक साधारणसभा सम्पन्न पछि सल्यानको खलंगामा आयोजित पत्रकार सम्मेलनमा सहकारीका प्रबन्धक शान्ता राइले यस सहकारीले रु.१४ करोड १२ लाख ६५ हजार १ सय ९४ बचत निक्षेप रहेको जानकारी दिनुभयो ।यस्तै ५० लाख ७७ हजार ४ सय ३३ रुपैयाँ आयकर अगाडिको खुद बचत रहेको उहाँको भनाइ छ ।यस्तै हाल सम्म यस सहकारीमा १ हजार ७ सय ८६ जना शेयर सदस्य रहेका छन् ।
उहाँले आगामी वर्ष शेयर सदस्य २ हजार १ सय ५५ जना पु¥याउने र शेयर रकम २ करोड ६७ लाख ८१ हजार रुपैयाँ पु¥याउने लक्ष्य रहेको सहकारीले जनाएको छ ।
प्रकाशित मिति: २९ आश्विन २०७७, बिहीबार १५:५०