रुकुम पश्चिममा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो, ३ घाइते

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिमकाे आठबिसकोट नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ , भने ३ जना घाइते भएका छन ।

नगरपालिका ९ जालदाइनाकी ३५ वर्षिया सुसिला नेपालीको आज बिहान घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमा नै ज्या,न गएको हो । सोहि वडाको औलाधारा भन्ने ठाउँमा घर लिप्ने माटो खन्ने क्रममा उहाँको घटनास्थल मै मृ,त्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी नायब निरिक्षक तिलक बहादुर शाहिले जानकरी दिनुभयो ।

उहाँका अनुसार माटोको ढिस्कोमा परि घाइते हुनेहरुमा सोहि वडाका २९ वर्षिया निर्मला चदाँरा,१५ वर्षिया प्रतिमा बि.क र ४५ वर्षिया गिता बटाला रहनुभएको छ । घटना बिहान ८ बजे तिर घटेको भएपनि बिहान ९ बजे तिर मात्र प्रहरीलाई जानकारी आएको प्रहरी नायब निरिक्षक शाहिले बताउनुभयाो । घाइते हरुको अहिले वडा नम्बर ९ मा रहेको नगर अस्पतालमा उपचार भैरहको छ । घाइतेहरु निर्मला चदाँरा र प्रतिमा बिकको अवस्था सामान्य रहेको छ भने गिता बटालाको अवस्था अलि जटिल रहेको नगर अस्पतालले जनाएको छ । मृ,तक नेपालीको श,ब भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०७७, शनिबार १७:३६