स्वास्थ्य सेवा कार्यालय सल्यानमा कुरुवा आवास गृह सञ्चालन

सल्यान ।

स्वास्थ्य सेवा कार्यालय  सल्यानमा कुरुवा आवास गृह सञ्चालनमा आएको छ । अस्पतालमा उपचारका लागि आएका आफन्त र पोष्टमार्टमका लागि ल्याइएका मृतकका आफन्तले प्रयोग गर्ने गरी कुरुवा आवास गृह सञ्चालन आएको हो ।

आइतबार कुरुवा गृहको औपचारिक उद्घाटन गरिएको छ ।  सल्यान अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश वलीले  टाढाबाट आएका विरामीका आफन्तलाई वस्न सहजताका लागि कुरुवा आवास गृह सञ्चालनमा  ल्याएको वताउनुभयाे । उहाँका अनुसार राति अस्पताल आएका विरामीका आफन्त र पोष्टमार्टमा ल्याएका मृतकका आफन्तलाई वस्ने ब्यवस्था गरिएको उहाँको भनाई छ ।

जिल्ला अस्पताल सल्यानले सञ्चालन गरेको क्यान्टिन ब्यवस्थापकले कुरुवा आवास गृहको रेखदेख गर्नेछन् ।
यसै विच सल्यान अस्पतालमा दन्त शल्यक्रिया र एक्सरे मेशिन पनि सुरु भएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले  सल्यान अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी वनाउन प्रयत्नशिल रहेको बताउनुभयाे  ।

प्रकाशित मिति: ३ कार्तिक २०७७, सोमबार १३:३७