रुकुम पश्चिममा एक घर आगलागी बाट २ लाख बराबरको क्षति

प्रचण्ड खत्री  रुकुम पश्चिम ।

रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा नम्बर ९ भेडाखेतकाे एक  घरमा आगलागी भएको छ । स्थानीय रुद्र बहादुर ओलीको ३ तले घरमा साढे ३ बजेतिर आगलागी भएको थियो  ।

आगलागी बाट २ लाख बराबरको सामान नस्ट भएको अस्थाई प्रहरी पोस्ट छिनखेतका ईन्चार्ज बालकृष्ण खड्काले बताउनुभयाे ।घर आगलागीबाट पूर्ण रुपमा क्षति भएको छ  ।

स्थानीय , नेपाल प्रहरीले गरि आगोलाई १ घण्टा पछी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।  मानाबिय र अरु कुनै छेती नभएको परिबारले जनाएको छ  । घर आगलागी कसरि र कस्ले लगाएको भन्ने बिषयमा जानकारी आउँन बाकि रहेको छ  ।

प्रकाशित मिति: ३ कार्तिक २०७७, सोमबार २०:५०