कभर खबर

  • १४ कार्तिक २०७७, शुक्रबार ०९:०२

आठविकोटका बाढी पिडीतलाई घर बनाउन विशेष सहयोग गर्ने नगर प्रमुख केसीकाे प्रतिवद्धता

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका नगर प्रमुख गोर्ख बहादुर केसीले आठविसकोट नगरपालिका वडा नँ १३ हाम्पाका स्थानिय बाढी पिडीहरुसँग भेटघाट कार्यक्रम गर्नु भएको छ । वडा नम्वर १३ को दह लेकमा पुगेर उहाँले बाढी पिडीत स्थानिय सँग भेटघाट गर्नु भएको नेपाल कम्युनिष्ट पार्टि नेकपाका वडा कमिटी सचिव टेक बहादुर थापाले जानकारी दिनु भयो ।

उहाँका अनुसार नगर प्रमुख केसीले पहिरोले घर भत्कीएका र पुरै जग्गा बगाइदिएका पिडीहरुलाई भेटेर राहत उपलब्ध गराउने समेत बताउनु भएको छ । हम्पाका स्थानिय नागरिकहरु आशा राम कुसारी , रते खत्री , नैने कामी , चामे खत्री लगाएतका पिडीहरुले घर बनाउन भुगोल छनोट गरेपछी घर बनाउनका लागी उनीहरुलाई विशेष सहयोग गर्ने नगर प्रमुख केसीले प्रतिवद्धता जनाउनु भएको सचिव थापाले जानकारी दिनु भयो ।

गएको वर्ष वर्षातको समयमा उक्त ठाँउमा पहिरो जाँदा ११ घरपरिवार विस्थापित भएका छन् भने ३ दर्जन भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

प्रकाशित मिति: १४ कार्तिक २०७७, शुक्रबार ०९:०२