युनियन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता पुर्नताजगी तालिम सम्पन्न, दुइजना एजेन्सी म्यानेजर सम्मानित

सल्यान, १४ कार्तिक
युनियन लाइफ इन्स्योरेन्स कम्पनी श्रीनगर शाखाको आयोजनामा एक दिने अभिकर्ता पुर्नताजगी तालिम जिल्लाको वागचौरमा सम्पन्न भएको छ । स्थानीय स्तरमा बीमा सम्वन्धी जनचेतना जगाउने तथा जीवन बीमा गर्न अभिप्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा प्रशिक्षण दिदै युनियन लाइफ इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख नारायण पंगेनीले भबिष्यमा हुने कुनै पनि जोखिम बहन गर्नका लागि बीमा अपरिहार्य भएको बताउनुभयो । छोटो समयमै युनियन लाइफ इन्स्योरेन्सले पुराना भनिएका कम्पनीहरुलाई पछि पार्दै आफुलाई तेश्रो नम्वरमा उभ्याउन सफल भएको पंगेनीले दावी गर्नुभयो ।
“ युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गरेकाहरुलाई १३ दिन भित्रै मृत्यु दावी भुक्तानी गर्न सफल भएको छ, उच्च प्रतिफल तथा छिटो भुक्तानीकै कारण आज हामी तेश्रो नम्वरमा उभिन सफल भएका छौ” उहाँले भन्नुभयो ।
अझै पनि बीमाको बजार राम्रो भएकोले सवैले आफना नातागोता तथा इष्टमित्रलाई बीमा गर्न अभिप्रेरित गरेर भविष्य सुरक्षित गर्नका लागि पहल गर्न अभिकर्ताहरुलाई आग्रह गर्नुभयो ।“बीमा गर्न अभिप्रेरित गर्नु एक परोपकारी कार्य हो, तपाइहरुले आज बीमा गराउन अभिप्रेरित गरेकै कारण बीमित र बिमितका परिवारहको भष्यि सुरक्षा हुने हो यस्तो परोकपकारी कार्य गर्न तपाइहरु पनि लाग्नुपर्छ,” पंगेनीले भन्नुभयो ।
उहाँले बीमा गर्न इच्छा छ भने ढिला गर्न नहुने बताउनुभयो ।“मैले १५ बर्ष भन्दा लामो बीमा क्षेत्रको अनुभवका आधारमा भन्दै छु, बीमा गर्ने इच्छा भए तुरुन्तै गरिहाल्नुस बीमा पछि गर्छु भनेर सोच्ने विषय हैन,” पंगेनीले भन्नुभयो ।
युनियन लाइफ इन्स्योरेन्सकका प्रदेश उप प्रमुख गोविन्द रेग्मीले युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा आकर्षक बीमा पोलिसीहरु रहेका जानकारी दिनुभयो । युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा भएका आकर्षक पोलिसीहरुकै कारण आज पुराना कम्पनीहरुलाई पछि पार्दै तेश्रो नम्वरमा आउन सफल भएको जानकारी दिनुभयो । “नेपालमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमा नयाँ कम्पनी भएर पनि अग्रस्थानमा आउनु भनेको यहाँहरुको मेहनेत र आर्कषक बीमा पोलिसीहरु भएको कारणले हो, हामी अझै उचाई र गति लिन्छौ,” रेग्मीले भन्नुभयो ।
सल्यानमा पनि युनियन लाइफल कम्पनीले पछिल्लो समय उत्कृष्ट व्यवसाय शुरु गरेको छ । जीवन बीमा कम्पनीहरुमा युनियन लाइफ कम्पनीका बीमा पोलिसी आकर्षक भएकोले यसको प्रचार प्रसार गाउँ गाउँ सम्म पु¥याउनु पर्ने आवश्यह रकेको युवा उद्यमी प्रेम बहादुर डिसीले बताउनुभयो ।“गाउँघरमा बीमा गराउने इन्छा हुदा हुदै पनि धेरैले कुरा नवुझेर बीमा बनाउन सकेका छैनन यसका लागि अभिकर्ताहरु गाउँगाउँमा पुगेर कुरा बुझाएर बीमा बनाउनुस,” डिसीले भन्नुभभयो ।
संसारमा बीमा नभइदिएको भए कसैले पनि कुनै कुरामा लगानी गर्न नसक्ने भएकोले लगानीको पछाडी पनि बीमा कम्पनी रहेको उहाँको तर्क थियो । “आज हरेक कुराको बीमा छ जसले गर्दा लगनीकर्ता ढुक्कका साथ लगानी गर्न सक्छ, तर अमुल्य जीवन भएको मान्छेले बीमा नगर्ने भन्न छैन यसका लागि अभिकर्ताहरु गाउँगाउँ पुग्न आवश्यक छ ।
तालिममा युनियन लाइफ इन्स्योरेन्स कम्पनी श्रीनगर शाखामा आवद्ध २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । तालिममा श्रीनगर शाखाबाट उत्कृष्ट यवसाय गर्ने बनगाड कुपिण्डे नगरपालिका ९ का चक्र बहादुर डाँगी र वागचौर नगरपालिका ७ का दिपेश डाँगीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०७७, शुक्रबार १४:५७