कभर खबर

  • १४ कार्तिक २०७७, शुक्रबार १७:४७

रुकुम पश्चिमकाे बालुवाचौर डार्ने दह सडक खण्ड मर्मत नहुदा समस्या

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिम बाफिकोट गाउपालिकाको वडा नम्बर ४ को बालुवाचौर खोलिबडगाउ , डार्ने हुदै पर्यटकीय स्थल स्यार्पुताल जोड्ने सडक स्थानीय तह बने देखि मर्मत नहुदा समस्या भएकाे छ । २०७३ साल माघमा निर्माण भएको सडक खण्ड केहि महिना सुचारु भएर बर्षातका कारण भात्कियको थियो ।

भात्कियको बर्ष देखि नै मर्मत नभएको निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल बहादुर के सीले बताउनुभयाे ।  सडक निर्माण भएपछी त्यहाका स्थानीय खुसि देखीएता पनि खुसीको सट्टा अहिले सडक मर्मत नभएर हिडडुल , गाई भैसीलाई चराउन , भाडी संग हिड्न अप्ठ्यारो स्थानीय हरुले बताएका छन ।

सडक निर्माणको बेला जाईका कम्पनीले २ लाख , साबिकको बाफिकोट गाउबिकास समितिको २ लाख ६० हजार ,बाफिकोट गाउपालिकाको ३४ लाख गरि ३८ लाख ६० हजार राज्यको पैसा खर्च भैसकेको छ । करिब ३८ लाख ६० हजार खर्च भैसक्दा पनि स्थानीय सरकारले बेवास्था गरेको निर्माण उपभोक्ता समितिका सदस्य प्रसान्त रिजालले बताउनुभयाे ।

स्थानीय बासिन्दा हरुले बाफिकोट गाउपालिकालाई पटक पटक सडक मर्मत गरिदिन आग्रह गरेता पनि गाउपालिकाले बेवास्था गरेको स्थानीयले आरोप समेत लगाएका छन ।

प्रकाशित मिति: १४ कार्तिक २०७७, शुक्रबार १७:४७