
इन्द्र बुढाथोकी.सल्यान ।
धान र पराल ल्याउन जाँदै गर्दा ट्याक्टर दुर्घटना भएको छ । शनिबार बिहान ७ बजे तिर रा १ त ३४२४ नम्बरको ट्याक्टर बनगाड कुपिण्डे नगरपालिका वडा न ९ स्वारा देखि स्वारा जिउला तिर धान र पराल ल्याउन जाँदै गर्दा स्वरामा दुर्घटना भएको छ ।
ट्याक्टर दुर्घटना ४ जना घाइते भएको छ । घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा न ९ का ३० वर्षीय अनिल बस्नेत, सोही ठाउका १८ वर्षीय देवराज बस्नेत, ४० ट्याक्टर चालक भुपाल बस्नेत गम्भीर घाइते भएका छन भने उपकरणको लागि कोहलपुर भैरहेको छ भने १८ वर्षीय पुष्कर बस्नेत सामान्य घाइते भएको स्थानीय मेडिकल उपचार पछि घर फर्किएकाे बताएको छ । ट्याक्टर अनियन्त्रीत भइ अाेरालो भएका कारण सडक बाट २५ मिटर तल खसेकाे हाे ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर लक्षमण वलीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार १२:०५