कभर खबर

  • १७ कार्तिक २०७७, सोमबार १२:००

सुनको भाउ तोलाको कति ?

काठमाडौं ।

साताको पहिलो दिन आइतवार प्रतितोला छापावाल सनुको मूल्य ९५ हजार प्रतितोलामा कारोवार भएको थियो । भने आज पनि त्यहि मूल्य अर्थात ९५ हजार कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ५ सय रहेको छ ।

तर आज चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले बृद्धि भएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य ११ सय ९५ रहेकोमा आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १२ सय ५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार १२:००