कभर खबर

  • १७ कार्तिक २०७७, सोमबार १२:३७

दाङमा ट्रक पल्टिँदा चालकको मृ,त्यु, अन्य २ घाइते

दाङ ।

घोराही–लमही सडक खण्डमा ट्रक दुर्घटना हुँदा चालकको मृ,त्यु भएको छ । घोराहीबाट लमही जाँदै गरेको ना६ख ६२० नम्बरको ट्रक आइतबार राति घोराही उपमहानगरपालिका–३ स्थित भैंसी बगाउने खोलामा पल्टिँदा चालक बाँकेका ३५ वर्षीय प्रकाश परियारको घटनास्थलमै मृ,त्यु भएको हो ।

 त्यस्तै  दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–१४ का नवीन केसी र अर्का एक व्यक्ति घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताउनुभएकाे छ ।

नाम–ठेगाना नखुलेका पुरुष गम्भीर घाइते भएको र उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएकोमा त्यहाँबाट पनि बुटवल रिफर गरिएको बैदवारले जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार १२:३७