चुरोटबाट सल्किएको आगाेले सल्यानमा एक महिलाको निधन

सल्यान
सल्यानमा चुरोटबाट सल्किएको आगोले एक महिलाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका –२ मैसेपानी निवासी ५२ वर्षीया पार्वती खड्काको चुरोटबाट सल्किएको आगोले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार राती खाना खाएर सुत्नेबेला चुरोट खाएर न निभाएपछि महिला निदाएको र चुराेटबाट  सुतेको आच्छ्यानमा आगो सल्किएकाे र त्यसबाट निस्किएकाे धुँवाबाट  महिला बेहाेस भएकाे र शरीरमा अागाे लागेकाे समते थाहा नपाउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

पतिको केही वर्ष अघि निधन भएको र महिलाका २ छोरा रहेपनि हाल एक वैदेशिक रोजगारीमा तेस्रो मुलुकमा र अर्को छोरा नेपालन्जमा रहेकाले घरमा एक्लै बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ ।

घटना रातीको भएपनि छिमेकीले बिहान थाहा पाएपछि प्रहरीलाइ खबर गरेका थिए । खबर पाए लगतै प्रहरी घटनास्थल पुगेको थियो । घटनाको मुचुल्का उठाइ शवको पोष्टमार्टम समेत भइ सकेको प्रहरी प्रवक्ता वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार १६:१५