कभर खबर

  • १७ कार्तिक २०७७, सोमबार २०:०९

 माेटर साइकल दुर्घटनामा परी  सल्यानमा एक जनाकाे ज्यान गयाे 

 सल्यान ।

सल्यानमा माेटर साइकल दुर्घटनामा परी   एक जनाकाे ज्यान गएकाे छ ।  लान्ति बाट सल्यान श्रीनगर तर्फ आउदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकल सोमबार बेलुका ६ बजेतिर सल्यानको लान्ती बजार नजीक  दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी माेटरसाइकलमा सवार दाङ चिराघाट निवासी पूर्ण रेउले  गम्भीर ङाइते भएका थिए । रेउलेकाे जिल्ला अस्पताल सल्यानामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

घाइतेलाइ तत्काल उद्धार गरी  उपचारका लागी जिल्ला अस्पताल सल्यान पुर्याए पनि डाक्टरले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मण ओलीले जानकारी दिनुभयाे ।

 वायरिङको लागी आजै सल्यान आएका रेउले दाङ बाट गाडीमा लान्ति सम्म आएर लान्तिबाट मोटरसाइकलको लिफ्ट लिई श्रीनगर तर्फ आउँदैगर्दा दुर्घटना भएको हो।

मोटरसाइकल चालक सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १३ अत्तरकाँडा निवासी १८ वर्षिय सुमन बुढा सामान्य घाइते भएकाे  प्रहरीले जनाएकाे छ ।

हाल माेटरसाइकल चालक र  मोटरसाइकललाइ  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता ओलीले बताउनु भयाे ।

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार २०:०९