Kareshma Giri

  • १९ कार्तिक २०७७, बुधबार १७:४५

सल्यानमा न्यायिक समिती,सिमान्तकृत समुदायका नागरीक र सराेकारवालाकाे बैठक सम्पन्न

करेश्मा गिरी ,सल्यान । 

सल्यानमा न्यायिक समिती,सिमान्तकृत समुदायका नागरीक समाज,संघसंस्थाका अगुवा र वकिलहरु बिच समन्वयात्मक बैठक सम्पन्न  भएकाे छ । यु एन डिपीको आर्थिक सहयोग तथा दलित सेवा संघ र ग्रमिण महिला उत्थानकोे साजेदारीमा संचालीत न्यायमा पहुच कार्यक्रम अन्र्तगत न्यायिक समिती तथा सिमान्तकृत समुदायका नागरीक समाज,संघसंस्थाका अगुवा र वकिलहरु बिच समन्वयात्मक बैठक आज सल्यान खलंगामा सम्पन्न भएको छ ।

जिल्लामा घटिरहेको बास्तबिक घटनाको छानबिन गरी बास्तबिक घटनालाइ नगरपालीकाके न्यायीक समितीमा पठाउने र त्याहा मेलमिलाप हुन नसकेमा सम्बन्धित निकाए सम्म कसरी पठाउन सकिन्छ भन्नेबारे् सहभागिहरुले छलफल गरेका छन्।

पहिलेको तुलनामा न्याय पहुँच बढेपनि बास्तबिक पिडीतले पुर्ण रुपमा अझैपनी न्याय पाउन नसकेको बैठमा उपस्थीतहरुको भनाइ छ । साथै उजुरी पेटिका शारदा नगरपालीका अन्तरगत न्ययिक समितीलाइ हस्ताक्षर गर्ने निर्णय समेत गरेको ग्रामिन महिला उत्थानकी अध्यक्ष सोबिता बस्नेले जानकारी दिनुभएको छ ।

कार्यक्रममा ग्रामिन महिला उत्थानकी अध्यक्ष सोबिता बस्नेतको अध्यक्षतामा बसेको उक्त बैठकमा शारदा नगरपलिकाकी उपप्रमुख तथा न्यायीक समितीका संयोजक साबित्रा बस्नेतको प्रमुख आथित्यता रहेको थियो,, सो कार्यक्रममा नेपालबार यसोसेसन सल्यानका अध्यक्ष लाल बहादुर रावत,न्ययिक समितीका सदस्य हिमेन्द्र बाबु सन्जाल, र दलित सेवासंघका अध्यक्ष यज्ञ बिक, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १९ कार्तिक २०७७, बुधबार १७:४५