कोरोना संक्रमणबाट सल्यानमा पहिलोपटक एक व्यक्तीको मृत्युु,बजार क्षेत्र एक साताका लागी बन्द

सल्यान ।
कोरोना संक्रमणका कारण सल्यानमा पहिलो पटक एक व्यक्तिको मृत्युु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६८ वर्षीय चित्र बहादुर भण्डारीको कोरोना संक्रमणबाट मृत्युु भएको शारदा नगरपालिका स्वास्थ शाखाले जनाएको छ । केहिदिन अगाडि ज्वरो, रुघाखोकी लगाएतले च्यापेपछि उनलाई उपचारका लागि दाङ लगिएको थियो ।

स्वास्थ अवस्था जटिल बन्दै गएपछि दाङबाट उनलाई कोहलपुर रिफर गरिएको परिवारले बताएको छ । कोहलपुरमा स्वाव संकलन गरेर उनलाई उपचार थालिएको थियो  तर अस्पताल भर्न गरेको भोलिपल्टै शुक्रबार उनको मृत्युु भएको शारदा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज बुढाथोकीले बताउनुभयाे ।
उनको शुक्रबार मृत्युु भएपछि शनिबार रिपोर्ट पोजेटिभ आएको हो। कोरोनका

कारण ज्यान गुमाएका ति व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र उपचारमा संलग्न व्यक्तिहरुलाइ होम क्वारेन्टाइनमा बस्न समेत वडा कार्यालयले आग्रह गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयाे ।

बजार क्षेत्र एक साताका लागी बन्द

सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर एक साताको लागी बन्द गरिएको छ । स्थानिय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शारदा नगरपालिका –१ श्रीनगर बजार एक साताका लागी बन्द गरिएको हो ।

शारदा नगरपालिका वडा नम्बर १ का एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यू भएको पुष्टि भएको, श्रीनगर कै एक कोरोना संक्रमित ब्यापारीको उपचार भैरहेको र श्रीनगर वजार क्षेत्रमा कोरोना लक्षण सहितका केही नागरिकहरु पनि बिरामी भएको जानकारी आएकाले एक साताका लागी बन्द गरिएको शारदा नगरपालिका वडा नम्बर १ ले एक बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

आज देखी कात्तिक २९ गते सम्म शान्तिनगर, श्रीनगर, शितलपाटी देखी बेलघारीसम्म बन्द गरिएको वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयाे । उहाँले अत्याबश्यक सामान खरिदको लागी भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ वजे देखी १० बजे सम्म पसल तथा बैँकहरु सञ्चालन गर्न सकिने बताउनुभयाे ।

  • 25
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close