कभर खबर

  • २७ कार्तिक २०७७, बिहीबार ०६:०१

यस वर्ष सल्यानमा देउसी भैलो खेल्न नपाइने,अपराधिक गतिविधिलाई हुन नदिन सुरक्षा योजना लागु

सल्यान ।

तिहारका अवसरमा खेलिदै आएको देउसी भैली सल्यानमा यस वर्ष खेल्न नपाइने भएको छ । कोरोना भाइरस समुदाय स्तरमा नै फैलिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानले देउसी भैली खेल्न रोक लगाएको हो ।

जिल्ला सुरक्षा समिति सल्यानको बैठकले यस बर्ष जिल्लामा देउसी भैली खेल्ने कार्यमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभये स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न, अनावश्यक आवतजावत र भिडभाड नगर्न, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भोज भतेर नगर्न पनि आग्रह गरेका छौँ’ प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो ‘जो जहाँ छौँ, त्यही चाडपर्व मनाउन आग्रह गर्दछौँ ।

साथै तिहारका अवसमा खेलिने देउसी भैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै तिहारको समयमा हुन सक्ने अपराधिक गतिविधिलाई मध्यनजर गर्दै जिल्लाभर सुरक्षा योजना लागु गरिए जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएके छ । जिल्ला भित्रिने मूख्य नाकाहरु कपुरकोट, कालीमाटी र बन्गाडमा थप कडाई गरिएकाे जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गोबिन्द थापाले जानकारी दिनुभएके छ । पटका आयातमा कडाई गरिनुका साथै पटका पट्काउन निषेध गरिएके छ, घरेलु मदिराको बिक्रि वितरण तथा जुवातास खेल्न पनि प्रतिवन्ध लगाइएको छ,  सेही अनुसार जिल्लाभर तिहार लक्षित थप प्रहरी परिचालन गरेके समेत उहाँले बताउनुभएके छ ।

No photo description available.

प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहीबार ०६:०१