गुडिरहेको बसबाट खस्दा सल्यानमा एकजनाको ज्यान गयो

सल्यानमा गुडिरहेको बसबाट खसेर एक जनाको ज्यान गएको छ ।

सल्यानको बाफुखोलाबाट दाङको लागी छुटेको ना ५ ख १००१ नम्बरको बसबाट खसेर बागचौर नगरपालिका वडा नं ११ बाफुखोलाका २१ वर्षिय एकराज खड्काको ज्यान गएको हो । गुडिरहेको बसमा बान्ता गर्नको लागि ढोका तर्फ जाँदै गर्दा एक्कासी लडेर घाइते खड्कालाई जनप्रीय पोलिक्लिनिक बागचौरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि जिल्ला अपस्ताल सल्यानमा ल्याईएको थियो ।

उनको उपचारको क्रममा बुधबार  दिउँसो १ बजे जिल्ला अस्पताल सल्यानमा ज्यान गएको हो ।

आवश्यक कार्बाहीको लागि गाडी र चालकलाइ इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार १५:४४