सल्यानमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी, समुदायस्तरमा कोरोना फैलिन थालेपछि विभिन्न बजार क्षेत्र सिल

मिना बुढाथोकी,सल्यान .

सल्यानमा जनप्रतिनिधि लगायत समुदायमा नै कोरोना संक्रमण देखिन थालेपछि जिल्लाका विभिन्न पालिकाका कार्यालय लगायत मुख्य बजार सिल गरिएको छ । जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्टलाइ कोरोना पोजेटिभ देखिएपछि हाल उहाँ कोहलपुरको एक अस्पतालमा उपचाररत हुनुहन्छ ।

यस्तै कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सनशीलता वली, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर के सी वडा सचिप प्रदिप केसी लगायत अन्य कर्मचारीमा कोरोना पुष्टी भएपछि उनिहरु होम आइशोलेशनमा बसी रहनु भएको छ ।
यसरी समुदाय स्तरमा कोरोना देखिएपछि जिल्लाका विभिन्न क्षेत्रहरु सिल गरिएको छ । कालिमाटी गाउँपालिकामा यस अघिपनि केही कर्मचारीलाइ कोरोना पोजेटिभ देखिएपछि मंसिर ३ गतेदेखी गाउँपालिकाको कार्यालय र आसपासको क्षेत्र सिल गरिएको छ ।

शारदा नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष लगायत केही स्थानीयमा कोरोना पोजेटिभ देखिएपछि कात्तिक २९ गते देखी जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर सिल गरिएको छ । यस्तै कात्तिक २७ गते देखी बागचौर नगरपालिका सहित मुख्य वजार क्षेत्र थारमारे, वागचौर लगाएतको सिल गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानमा समेत अग्रपन्तिमा रहेका स्वास्थ्यकर्मी साथै अन्य कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कात्तिक २९ गते देखी आकस्मिक सेवा बाहेकका अरु सेवाहरु पनि जिल्ला अस्पताल सल्यानले बन्द गरेको जनाएको छ ।

केही समयअछि जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत कर्मचारीलाइ कोरोना पोजेटिभ देखिएपछि प्रशासन कार्यालय समेत एक साता बढी सिल भयो ।

हाल सम्म जिल्लामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य जानकारी दिए ।जस अन्तरगत कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५७ रहेको छ । अहिले ती सबै संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सम्म ५ सय ५० जना निको भएर डिस्चार्ज भइ सकेका छन् । हाल सम्म जिल्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यू समेत भइ सकेको छ ।

  • 53
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close