
काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। शनिबार जारी मौसम बुलेटिनमा हाल देशमा उल्लेखनिय मौसमी प्रणाली नभएको उल्लेख गरेको छ।
आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ।
महाशाखाका अनुसार राती प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार १२:३०