सल्यानकी चेली पुष्पालाई नेपालगन्जमा हाफ म्याराथन उपाधि

सल्यान ।

पुष्पा भण्डारीले  नेपालगन्जमा म्याराथनतर्फ महिला हाफ म्याराथनको उपाधि जित्नुभएकाे छ । विभागीय टोली एपीएफकी  छैटौं धारा तर्फ पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल  गर्नुभएकाे छ  । १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेुभएकाे छ  । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त र्गनुभएकाे छ । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै १५ हजार रुपैयाँ जित्तिनुभएकाे छ ।

लुम्बिनी प्रदेशकि शर्मिला घर्तीले तेस्रो स्थान हासिल गर्नुभएकाे छ । दाङकी शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्नुभएकाे हाे ।उहाँले  १० हजार रुपैयाँ पाउनुहुनेछ न् ।

चौथो स्थानमा सुदूरपश्चिमकी सकुन्तला ठगुन्नाले १ घण्टा ४२ मिनेट ६ सेकेन्डको समय निकाल्नुभएकाे थियाे । लुम्बिनीकै अनिशा चौधरी पाँचौ तथा कलपना चौधरी छैटौं हुनुभएकाे छ। अनिशाले १ घण्टा ४२ मिनेट २२ सेकेन्ड तथा कल्पना ३० सेकेन्डले पछि पर्नुभएकाे  छ । चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार १३:४९