सल्यानमा आईतबार वेलुकी एकजनाकाे हत्या

इन्द्र बुढाथोकी
१४ मङ्सिर
सल्यानमा एक युवकले ढुङ्गा प्रहार गरी एकजनाको हत्या गरेका छन । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ५ राउचेका २८ बर्षिय शेर बहादुर साहुले सोही ठाउका ६६ बर्षिय दुर्गा बहादुर बादिको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । आईतबार बेलुका ७ बजे नाथेखोला बाट घर फर्कने क्रममा भारचौर खोलामा बादिलाई पछाडि बाट ढुङ्गाले हानेर हत्या गरेको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिनुभयो । घटना बेलुका ७ बजेको भए पनि स्थानियले प्रहरीलाई साढे ८ बजे मात्रै खबर गरेको उहाले बताउनु भयो । युवक मानसिक सन्तुलन ठिक नभएको पाईएको छ । उनी हत्या गरे फरार भएकाले इलाका प्रहरी कार्यलय देवस्थल , र बालुवा सग्रही बाट प्रहरी घटना स्थलमा पुगेको उहाले वताउनु भयो । घटना स्थलमा प्रहरी पुगेर मुचुल्का बनाउने काम भैरहेको छ । फरार रहेका युवकको खोजतलास भैरहेको छ भने घटना के कारणले भयो अनुसन्धान भैरहेको छ । मानसिक सन्तुलन गुमाएका व्यक्तीलाई आज मात्र सुर्खेत बाट घर ल्याएको स्थानीयले बताएका छन उनलाइ केही समय अगाडि घरको आमाको हातखुट्टा भाच्ने देखि परालको टवामा आगो लगाउने देखि नराम्रो गतिविधि गर्दै आएकाले सुर्खेतको सुधार केन्द्रमा राखिएको थियो ।

प्रकाशित मिति: १४ मंसिर २०७७, आईतवार २३:१०