आजको दिन स्वास्थ्य क्षेत्रमा ऐतिहासिक : स्वास्थ्य राज्यमन्त्री रावत

इन्द्र बुढाथोकी
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा १५ शैयाको नगर अस्पताल स्वास्थ्य राज्यमन्त्री नवराज रावतले शिलान्यास गर्नु भएको छ । फाल्गुनमा आएर गरेको बाचा आफुले पूरा गरेको बताउनु भएको छ । स्वास्थ्य क्षेत्रको लागि महत्त्वपूर्ण इतिहासक दिन भएको स्वास्थ्यको लागि भएको एक स्थानीय तह एक अस्पताल एक डाक्टर राख्ने उदेश्य बताउनु भएको छ । एक वर्ष भित्र धेरै काम गरेको बताउनु भएको छ ।

आफुहरुले बिज्ञहरु सङ्ग धेरै कोणबाट छलफल चलाउदा एक स्थानीय तह एक अस्पताल बनाउने योजना अनुसार अगाडि बढेको बताउनु भएको छ । ३ सय ९६ स्थानीय तहमा परेका छन भने बाकी सबै स्थानीय तहमा लागू हुने बताउनु भएको छ । स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन भएको बताउनु भएको छ । आफुले जनताको समस्या बुझेको बताउनु भएको छ । निर्णय गर्ने तर जनताले सेवा नपाउने अवस्थाको अन्त्य गरेको निर्णय कार्यान्वयन गर्ने तिर लागेको उहाले बताउनु भएको छ ।

देश व्यापीरुपमा जनतामा उल्लास आएको बताउनु भएको छ २ वर्ष भित्र सम्पन्न गर्ने योजना अगाडि बढेको उहाले ७० मिटर लम्बाइ ४० मिटर चौडाइ भएको भवन देखन पाउ र १८ करोड बजेटको व्यवस्था हुने बताउनु भएको छ । अन्य जनप्रतिनिधि आए पनि बजेटको सुनिश्चितता गरेको उहाले बताउनु भएको छ । जनशक्ति सहितको व्यवस्थापन गर्ने उहाले बताउनु भएको छ । सरकारले गरेका कामको जनताको सामु लिन आवश्यक रहेको बताउनु भएको छ ।
नेकपा जिल्ला सचीव कर्ण बहादुर बुढाथोकी यो क्षेत्रमा महत्त्वपूर्ण ठाउँमा शिलान्यास पाएको खुसी भएको यसले धेरै क्षेत्रमा समेटिएको सेवा लिनमा आग्रह गर्नु भएको छ ।
उप प्रमुख मन्जु यरिले आफुहरु जनतामाझ गरेका बाचा पूरा गर्दै गएको यसलाइ समयमा नै पूरा गर्ने बताउनु भएको छ ।

भविस्यमा यसलाई १५ शैयाको नगर अस्पताल मात्र नभएर थप सेवा बढाउने उद्धेश्यले लाग्ने नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भएको छ । स्वास्थ्य मन्त्रालय लगाएत राज्यमन्त्री विशेष धन्यवाद दिनु भएको छ । नगर प्रमुख गोविन्द कुमार पुनको अध्यक्ष तामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय प्रमुख मोहन खड्का र सन्चालम सलेपा घनश्याम बिसिले गर्नु भएको थियो ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार २१:३२