घरमा पत्नी हुँदाहुदै बाल विवाह गरेको आरोपमा सल्यानमा एकजना गिरफ्तार 

सल्यान

बाल गरेको आरोपमा प्रहरीले बागचौर नगरपालिका –१ कोटबेत निवासी २७ वर्षीय महेश बस्नेतलाइ मंसिर १४ गते गिरफ्तार गरेको छ ।
१६ वर्षीया बालिकालाइ ललाइ फकाइ बाल विवाह गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय सल्यानमा मंसिर १४ गते जाहेरी दिएपछि सोही दिन आरोपितलाय गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
पीडित बालिकाको आमा न भएको र बुवा पनि सुस्त मनस्थितीको र खान लाउन समेत जुटाउन समस्या देखिएकाले बालिकाको संरक्षण गर्छु भन्दै आरोपित विवाहित पूरुषले बालिका संग मंसिर १२ गते बालविवाह गरेका पीडितका आफन्तले फोन मार्फत बताए ।
बालिकाको स्वास्थ्य परिक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको अस्पतालका डाक्टर प्रदीप शर्माले जानकारी दिनुभयो । बालिकालाइ मंसिर १४ गतेनै संरक्षकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
हाल आरोपितलाइ हिरासतमा राखेर थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता वलीले जानकारी दिनुभयो ।

  • 37
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close