सल्यानमा बस दुर्घटना, ६ जनाको अवस्था गम्भिर

सल्यान
सल्यानमा बुधबार बेलुकी भएका बस दुर्घटनामा ६ जना गम्भिर घाइते भएका छन् । नेपालगंजबाट रुकुमको चौरजहारीका लागी छुटेको ना ४ ख ६७१५ नम्वर यात्रुबाहक बस सल्यानको कुमाख गाउँपालिका २ खारखोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका ६ जनालाई उपचारको लागी नेपालगंज लगिएको छ । बस सडकबाट करिव ३० मिटर तल खसेको प्रहरी प्रवक्ता इनिस्पेक्टर लक्ष्मण वलीले बताउनुभयो ।
बसमा २२ जना यात्रु रहेकोमा अन्य सामान्य घाइते भएका १६ जनाको स्थानिय मेडिकलमा उपचार भैरहेको छ । दुर्घटना बेलुकी करिव ५ बजेतिर भएको थियो । घटनामा घाइतेहरको नाम खुलेको छैन ।
- 69Shares