सल्यानमा टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

 इन्द्र बुढाथोकी ,सल्यान ।

सल्यानमा टयाक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे तिर बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारबाट वामे जाँदै गरेको भे २ त २७२ नम्बर को टयाक्टर बनगाड कुपिण्डे नगरपालिका ३ च्युरिगैरा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी टयाक्टर चालक बनगाड कुपिण्डे नगरपालिका २ वामेका २१ वर्षीय लोकश वि.क. रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

टयाक्टर सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: २३ मंसिर २०७७, मंगलवार २०:२९