Kareshma Giri

  • २४ मंसिर २०७७, बुधबार १८:५४

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सल्यानमा पनि मनाइयाे

सल्यान ।

‘भ्रष्टाचार बिरुद्धको सहकार्य ः सुशासनका लागी अपरिहार्य’ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सल्यानमा पनि मनाइएकाे छ । भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्।

जिल्ला प्रशासन कार्यालय सल्यानमा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।भ्रष्टाचार बढ्दै गएको बिभिन्न तथ्यांक सार्वजनिक भैरहेको बेला भ्रष्टाचार रोकथामका लागी सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने सहभागीहरूकाे जाेड रहेकाे छ । 

कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले भ्रष्टाचार नगर्ने प्रतिबद्धता ब्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । राजनितिक, सामाजिक, आर्थिक र नैतिक कारणले गर्दा मान्छेहरु भ्रष्टाचार गर्ने गरेको बताउदैँ उहाँले यसको रोकथामको लागी सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।


भ्रष्टाचारलाई न्यूनिकरण गर्न सकिन्छ, तर अन्त्य गर्न सकिदैन् उहाँले भन्नुभयो । आर्थिक क्रियाकलापमा मात्रै भ्रष्टाचार नहुने बताउदैँ निति गत रुपमा समेत भ्रष्टाचार हुने गरेको र जिल्लामा भ्रष्टाचार हुन नदिनका लागी सबै क्षेत्रले प्रण गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला स्थित सरकारी तथा सार्वजनिक स्थानमा भएका भ्रष्टाचार तथा अनियमितता भएको खण्डमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले भ्रष्टाचार गर्ने जो कोहीलाइ पनि कानुनी दायरा सम्म पुर्याउन सबैलाइ सहयोग गर्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले दिवसहरुमा मात्रै भ्रष्टाचार गर्दिन भनेर हस्ताक्षर वा प्रतिबद्दताले मात्रै भ्रष्टाचार न्युनिकरण हुन नसक्ने बताउँदै हरेक नागरिकले आफैबाट यस्को शुरुवात गर्नु पर्ने बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले सहजीकरण गरेको कार्यक्रममा तिन बुँदे भ्रष्टाचार विरुद्दको प्रतिबद्दतापत्रमा हस्ताक्षर समेत गरिएको थियो । जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वय र इन्सेक नेपाल सल्यान हरप्लेस नेपाल सल्यान र रेस नेपाल सल्यानको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २४ मंसिर २०७७, बुधबार १८:५४