बाफिकोट गाँउपालिकामा खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण

 प्रचण्ड खत्री /रूकुम पश्चिम ।

 रुकुम पश्चिमकाे बाफिकोट गाँउपालिकाका १० वडाका खेलाडीलाई खेलकुद सामाग्री वितरण गरिएको छ । चालु आर्थिक बर्षमा विनियोजित बजेटबाट खरिद गरिएका खेलकुद सामाग्री गाउपालिकाको कार्यालयबाट वितरण गरिएको गाँउपालिकाको कार्यालयले जनाएको छ ।

१० वडामा ३ वटाका दरले ३० वटा भडिबल , २ वटाका दरले २ वडा भडीबलका जाली , २ वटाका दरले भडिबल भर्न प्रयोग हुने पम्प , वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले बताउनुभयाे । त्यसै गरि १ वटाका दरले १० वटा ब्याटमिन्टका जाली र ४ वटा वडामा २ वटा फुटबल वितरण प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभएकाे छ । प्रत्यक चालु आर्थिक बर्षमा गाँउपालिकाले वडावडामा खेलाडीलाई सामाग्री वितरण गर्दै आएको छ ।

गाँउपालिका स्तरीय खेलकुद बिकाश समितिको आयोजनामा प्रत्यक बर्ष खेलाडीलाई सामाग्री वितरण गरिएको हो । खेलाडीलाई खेल जगतमा प्रोत्साहन गर्ने उद्देश्यले सामाग्री वितरण गरिएको हो। सामाग्री वितरण कार्यक्रममा गाँउपालिका उपाध्यक्ष मनकला पुन , प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ , वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्र बहादुर के सी , वडा नम्बर ४ का वडा अध्यक्ष लीलाराम बिक , कार्यपालिका सदस्य शेरु बिक , ईलाका प्रहरी कार्यालय बाफिकोटका ईन्चार्ज प्रहरी नायब निरीक्षक तिलक बहादुर शाहीले खेलाडीलाई सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे । कार्यक्रममा वडा खेलकुद बिकाश समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०७७, बिहीबार १५:५५