
प्रचण्ड खत्री / रुकुम पश्चिम ।
नियमित आँखा जचाउने ब्यबस्था भएपनि अहिले सम्म कुनै पनि बिद्यार्थीले आँखा जचाउने व्यस्था गरिएको छैन । नयाँ शैक्षिक सत्र सुरु हुने बेला तालिम प्राप्त शिक्षक वा शिछिकाले बिद्यालयका सबै अध्यनरत विद्यार्थीका आखा जाँच गर्ने छन । आखामा कुनै पनि समस्या देखियो भने आखा अस्पताल वा सेवा केन्द्रमा उपचारको लागि पठाउने ब्यबस्था गरिने मुसिकोट शिक्षा तथा युवा खेलकुद शाखाका निमित्त प्रमुख लालसीह खड्काले बताउनुभएकाे छ ।
मुसिकोट नगरपालिकाले शिक्षकलाई आँखा सबन्धि तालिम दिएको छ । आँखा उपचार केन्द्र सल्लेले नगरपालिकाका सामुदायिक तथा संथा त विद्यालयका शिक्षकहरुका लागि शनिबार १ दिने आधारभुत स्वास्थ्य शिविर सम्पन्न भएको छ । तालिममा १६ जना शिक्षक शिक्षीकाकाे सहभागिता रहेको आखा उपचार केन्द्र सल्लेले जनाएको छ । शिक्षकलाई आखाको सुरक्षा , आखामा देखिने रोग , आखा स्वास्थ्य राख्ने उपाय , दृस्टी दोष हुन नदिन के गर्ने भन्ने लगायतका बारेमा सिकायको आँखा उपचार केन्द्रका प्रमुख धन बहादुर केसीले जानकारी दिनुभयाे ।
नियमित उपचार गरि विद्यार्थीको आँखा स्वस्थ बनाउने उद्देश्यले आयोजना गरिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख के सीले बताउनुभयाे । शिक्षकलाई राप्ति आखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सालिकराम गौतम र सल्लेका प्रमुख केसीले सहजीकरण गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: २८ मंसिर २०७७, आईतवार १२:१८