विद्यार्थीको भविष्य उज्वल बनाउन शिक्षक, विद्यार्थी र अभिभावकबिच त्रिपक्षीय सहकार्य आबश्यकः मन्त्री ज्वाला

सल्यान ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शैक्षिक सुधारको मुख्य पाटो भौतिक पुर्वाधार भएको बताउनुभएको छ । विद्यार्थी अध्ययन गर्ने स्थान राम्रो नभए उनिहरुको समेत पठनपाठनमा स्वतः समस्या हुने भएकोले राज्यको नजर यस तर्फ वढी रहेको उहाँको भनाई ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ मा रहेको प्रतिभा माद्यामिक बिद्यालय जयतपानीको ६ कोठे भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । आइतबार भवन उद्घाटन गर्दै मन्त्री ज्वालाले विद्यार्थीको भभिष्य उज्ज्वल बनाउनका लागी शिक्षक, विद्यार्थी र अभिभावकहरुका बिचमा त्रिपक्षीय सहकार्य हुन आबश्यक रहेको बताउनुभयो । विद्यार्थी जीवन अत्यन्तै संघर्षशिल समय भएकाले जीवन सफल वनाउनका निम्ती कडा मेहनत गर्नुपर्ने उहाँको भनाई छ ।


सो अवसरमा बोल्दै नेकपा जिल्ला कमिटी सदस्य रमेश गौतमले नव निर्मित भवन एक धरोहरको रुपमा रहेको बताउनुभयो । विद्यायालयमा पुर्वाधार र शिक्षक दरबन्दिको समस्या जिल्लाका अअिधकांश स्थानमा रहेको भन्दै यस्ता समस्यालाई पनि सुधार्दै लै जानुपर्नेमा जोड दिनुभयो । उहाँले सबै भन्दा पहिले भौतिक संरचना राम्रो जरुरी रहेको बताउँदै बाल मैत्री र विद्यार्थिमैत्री विद्यालयमा गुणस्तरिय शिक्षकको समेत आवश्यक पर्ने बताउनुभयो ।

नेकपामा जिल्ला कमिटी सदस्य राम खड्कीले निर्वाचनको बेला गरेको बाचा अनुसार हामिले पठाएका जनप्रतिनिधिहरुले काम गरी रहनु भएको बताउनुभयो । कुपिण्डे दह सहकारि संस्थाका अध्यक्ष दिपक कुमार यरीले जयतपानिको डाडामा विगत लामो समय देखि शसस्त्र द्दवन्दकालको समयमा बालबालिकालाइ पठनपाठनमा समस्या भएको स्मरण गर्दै साना झुपडिमा विद्यार्थिलाइ राखेर पढाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ९ नम्बरको गहनाको रुपमा यस विद्यालयलाइ लिएका छौं । विद्यालयमा निजि स्रोतका शिक्षकहरुलाइ व्यवस्थापन गर्न समस्या भएकाले विद्यार्थी हरुबाट शुल्क लिनु पर्ने बाध्यता रहेको बताउनुभयो । यस्को समस्याको अन्त्य गर्न समेत उहाँले स्थानीय र प्रदेश सरकारलाइ आग्रह गर्नुभयो । उहाँले नगरसरकारले समयमै नगर शिक्षा समितिको गठन गरेर शिक्षाका समस्या समाधान गर्न तर्फ लाग्नु पर्ने बताउनुभयो ।

मावि स्थापना कालका अध्यक्ष शिशर कुमार थापाले शुरुमा २÷३ झुपडिबाट शुरुवात गरेको यस विद्यालयमा अहिले आएर ६ कोठे भवन निर्माण हुँदा हर्षित भएको बताउनुभयो ।कर्णाली प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयद्द्वारा आव ०७५÷०७६ को रु.५० लाख वजेट बाट ६ कोठे भवनको निर्माण गरिएको थियो । भवन निर्माण पछि स्थानीय अभिभावक हर्षित भएका छन् ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आईतवार २०:१३