
प्रचण्ड खत्री / रुकुम पश्चिम ।
ओरेक नेपाल रुकुम पशिम द्दारा संचालित बिभिन्न कार्यक्रमको अनुगमन गरिएको छ । ओरेक नेपालको साबिकको पिपल गाबिस र खारा गाबिसमा दोन्द पिडित र सहिद परिबारका निम्ति बिभिन्न कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक दुर्गा बजगाईले बताउनुभयाे । अति बिपन्न परिबार , दलित , अपांग र जनजातिका निम्ति बिभिन्न कार्यक्रम गर्दै आएको बताउनुभएकाे छ । बिशेष गरि १० बर्षे जनयुद्द बाट प्रभावित महिला र सहिद परिवारका निम्ति काम गर्दै आएको उहाँले बताउनुभयाे ।
२ गत्ते बाफिकोट गाउपालिकाको १ र २ मा संचालित बिभिन्न ब्यबसायको अनुगमन गरिएको छ । बिशेष गरि त्यस वडामा कुखुरा पालन , तरकारी खेति र सिलाईकटाई कार्यक्रम संचालित छन । बिशेष गरि त्यस वडामा श्रीमान बाट पिछडिएका महिला , दलित महिला , आयआर्जनका निम्ति माथि उड्न सक्ने महिलालाई प्राथामितामा राखेर काम गरिरकेको कार्यक्रम संयोजक बजगाईले बताउनुभयाे । समान बजेटले उनीहरुलाई आयआर्जनमा बृदि गर्ने हेतुले छनोट गरेको ओरेकले बताएको छ ।
बाफिकोट १ पालाकोट निवासी अस्मिता पुन मगर बिकले पहिलो पटक कुखुरा पानल सुरु गर्नु भएको छ । उहाँलाई ओरेकको साथ मिलेर ब्यबसाय गर्नु भएको छ । अहिले सम्म अस्मिताको ब्यबसाय फस्टाउदै गएको स्थानीयले बताएका छन । उहाँलाई ओरेकको २० हजार सहयोग भएको थियो । अहिले सम्म २ महिनाको अबधिमा ९ हजार आम्दानि भएको अस्मिताले बताउनुभयाे । आफु जस्तै श्रीमानबाट पिछडीएको महिलाई सहयोग गर्न अस्मिताले अपिल गर्नुभएकाे छ।
त्यस्तै वडा नम्बर १ कै सारदा दमाईलाई ओरेकको साथ अनुसार स्न्टरलक मेसिन सहयोग भएको थियो । उहाँलाई २० हजार नगत सहयोग गरि मेसिन संचालनमा ल्याउनुभएकाे थियाे ।उहाँका श्रीमान दैनिकी ज्यालादारी गर्छन भने उनका २ नाबालक सुस्त मनास्तिथिका छन । बच्चाको हेरदेख गर्दै उहाँले दैनिकी ५ सय कमाउने गरेको बताउनुभयाे । त्यस्तै त्यस गाउकी पुस्मा मल्ललाई ओरेकले बिभिन्न जातका बिउहरु उपलब्ध गराएको थियो । उहाँलाइ बन्दा , काउली , धनिया प्याजका बेर्ना उपलब्ध गराएको थियो । अहिले उहाँले ८०० छेत्रफलमा तरकारी खेति गर्नुभएकाे छ ।
अनुगमन टोलीमा बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर के सी , ओरेक नेपालकी जिल्ला कार्यक्रम संयोजक दुर्गा बजगाई , पशु सेवा केन्द्रका प्रास एजुकेशन पुन मगर , कृषि सेवा केन्द्रका नाप्रास प्रेम घर्ति मगर ,ओरेक नेपालकी सामाजिक परिचालक ईन्द्रिरा आचार्य र पत्रकार प्रचण्ड खत्री लगाएतकाकाे सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ३ पुष २०७७, शुक्रबार १४:५०