सल्यानमा पत्रकारहरुलाई आधारभुत आँखा स्वास्थ्य शिक्षा प्रदान

सल्यान ।

सल्यानमा रही विभिन्न संचारमाध्यममा क्रियाशिल पत्रकारहरुलाई एक दिने आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम प्रदान गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजना र नेपाल पत्रकार महासंघ सल्यानको समन्वयमा जिल्लाका कृयाशिल पत्रकारहरुलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो ।

सो अवसरमा राप्ती आँखा अस्पताल तुल्सीपुरका नेत्र विशेषज्ञ शालिकराम गौतमले हरेक व्यक्तीले शरीरको सबैभन्दा संवेदनशील अंग आँखालाइ सुरक्षित राख्न बिशेष ख्याल गर्नुपर्ने बताउनुभयो । मानिसको सानो लापरवाहीले आखाँको ज्योती गुम्न सक्ने भएकाले आखाँ लाई सुरक्षित राख्न बिशेष ख्याल गर्नुपर्नेमा उहाँको जोड थियो ।

आँखा मानिसको महत्वपूर्ण अंग भएकाले ६ महिनाको अन्तरालमा चेकजाँच गर्न र नियमित सरसफाई ध्यान दिनु पर्ने वताउनुभयो । कतिपय मानिसहरु आर्थिक अवस्था कमजोर भइ उपचार बाट वन्चित हुने अवस्था नआवोस भन्नका लागी सन्चारकर्मी र पत्रकारले समेत त्यस्तो अवस्थामा रहेका समुदाय र व्यक्तीका लागी सुचना सम्प्रेशण गरेर भुमिका खेल्न उहाँले आग्रह गर्नुभयो ।

नेपाल नेत्रज्योति संघ दागका सूचना अधिकारी बालाराम खड्काले आँखा स्वास्थ्यका विषयमा स्थानीय सरकार संग सहकार्य गरी समुदाय स्तरमा कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भैरहेको बताउनुभयो ।नेपाल नेत्र ज्वोती संघले स्थानिय स्तरमा आमा समुह, स्वास्थ्य स्वयम सेवक, शिक्षक, बिद्यार्थिहरुको माझमा उज्यालो कार्यक्रम लिएर आँखा स्वास्थ्य शिबिर प्रदान गरिरहेको बताउनुभयो । यस्तै स्थानिय तहको प्रत्येक पालिकाहरुमा पनि आँखा स्वास्थ्य कार्यक्रम संचालन गरिहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: ६ पुष २०७७, सोमबार २०:३७