संसद विघटनकाे विराेधमा उत्रिए नेकपाकै विद्यार्थी र युवा संघठन [फाेटाे फीचर]

सल्यान । प्रधानमन्त्री केपी शर्मा वलीले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेसंगै  उत्पन्न परिस्थितिको असर सल्यानमा पनि परेको छ । संसद विघठनको विरोधमा सल्यानमा विद्यार्थी र युवा संगठनका प्रमुखहरु सडकमा उत्रिएका छन् ।

सल्यान सदरमुकाम खलंगा स्थित पुरानो बसपार्कमा प्लेकार्ड तथा झण्डा सहित प्रचण्ड,नेपाल निकटका युवा तथा      विद्यार्थीहरूले विरोध सभा सम्पन्न गरेका छन् ।प्रधानमन्त्री केपि शर्मा ओलीको घोर प्रतिगामी र दक्षिणपन्थी कदमका विरुद्ध युबा र विद्यार्थीहरु जुटिसकेको राष्टीय युवा संघठनका जिल्ला  इन्चार्ज  खड्ग अाचार्यले जानकारी दिनुभयाे ।

 

नेकपा सल्यानको पार्टी कार्यालयमा तालाबन्दी

यसैबिच केन्द्रीय पार्टी कार्यालयदेखि विभिन्न जिल्लामा रहेका कार्यालयलाई ओली  तथा नेपाल प्रचण्ड समूहका नेता कार्यकर्ताहरुले तालाबन्दी तथा अर्काे पक्षलाइ निषेध गर्न थाले संगै सल्यानमा पनि नेकपा पार्टी कार्यालयमा तालाबन्दी गरीएकाे छ। नेकपा सल्यानको पार्टी कार्यालयमा नेकपाका अध्यक्ष ओली र नेपाल प्रचण्ड  समुहले पार्टी कार्यालय आफ्नो दावि गर्दै  साैहार्रदपुर्ण ढंगले दुवै समुहले तालावन्दी गरेका छन ।

प्रकाशित मिति: ७ पुष २०७७, मंगलवार १८:०२