हिटलर शैलीमा देश र पार्टी चलाउन खोज्दा देश गम्भिर संकटमा

सल्यान ।
प्रधानमन्त्री केपी शर्माले हिटलर शैलीमा देश र पार्टी चलाउन खोज्दा देश गम्भिर संकटमा पुगेको नेपाल प्रचण्ड पक्षधरका नेतहहरुले आरोप लगाएका छन् । बुधवार सल्यान खलंगामा आयोजित शारदा नगर स्तरीय पार्टी प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेलामा बोल्ने अधिकाँश वक्ताले सो आरोप लगाएका हुन् ।


कार्यक्रममा बोल्ने अधिकांस वक्ताहले पार्टीको नीति, विधि, पद्धति र कार्यदिशालाई लत्याएर हिटलर शैलीमा देश र पार्टी चलाउन खोज्दा देश गम्भिर संकटमा परेको बताए । कार्यक्रममा बोल्दै नेकपाका कर्णाली प्रदेश सदस्य निम बहादुर केसी अरुणले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना काम मात्र ठिक अरुका सबै बेठिक भन्ने प्रवृत्तिले संविधान, राष्टीयता, निती र विधिलाई समेत निलेको बताउनुभयो ।

विगतमा कुनै पनि तानाशाहका सामु घुडा नटेकेको बताउँदै उहाँले आउँदा दिनमा समेत घुडा नटेक्ने बताउनुभयो । यस्तै कर्णाली प्रदेश सदस्य भीम प्रकाश शर्माले नेपालमा संविधान सभाबाट संविधान बनाउने समय देखिनै नेपालमा षडयन्त्र सुरु भएको बताउनुभयो। नेपालमा दुई तिहाईको सरकारलाई गिराउने गोटीको रुपमा ओलीले विदेशी शक्तिले प्रयोग गरेको बताउनुभयो । केपी ओलीको मात्र एक प्रयासले प्रतिनिधि सभा र अध्यादेश नआएको बताउँदै नेता शर्माले अन्तराष्ट्यि शक्तिले परिचालन गरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला पार्टी सचिव कर्ण बहादुर बुढाथोकी, प्रदेश कमिटी सदस्यहरु उदय बोहरा, कृति बहादर पुन, धिरेन्द्र श्रेष्ठ, हरि केसी, भिम प्रकाश शर्मा, निम बहादुर केसी, दिल माया बुढा मगर, टिकाराम वलीले बोल्नुभएको थियो ।
यस्तै जिल्ला कमिटी सदस्यहरु रमेश कुमार गौतम, राम खड्की, हरि प्रकाश बुढाथोकी, चन्द्र बहादुर राणा, कल्पना सेजवाल, हेमेन्द्र बुढाथोकी, राजेश बिक, टोप बहादुर थापा लगाएतकाले बोल्नुभएको थियो ।

नगर कमिटी अध्यक्ष नविन सिंह भडेँलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव यौवन प्रकाश श्रेष्ठले गर्नुभएको थियो । साथै शारदा नगर कमिटीले प्रधानमन्त्री ओलीले चालेको कदम असंबैधिक भएको बताउदैँ एक ढिक्का भएर अगाडी बढ्ने निर्णय समेत गरेको छ ।

सो अवसरमा दुइ जनाले नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाइ माला तथा अविर आवरण गरि स्वागत गरिएको थियो ।

प्रकाशित मिति: ८ पुष २०७७, बुधबार १९:५३