
दाङ – दाङको तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको ना ६ ख १८१४ नम्बरको बस ग्वार खोलामा दुर्घटना भएको छ । बसमा सवार १९ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको हेमन्तपुर प्रहरी चौकीका इञ्चार्ज इन्द्र पालले जानकारी दिए । बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २० पुष २०७७, सोमबार ११:३०