सल्यानमा बाल विवाह पीडित बालिकामाथी सामुहिक बलात्कार 

मिना बुढाथोकी,सल्यान ।
जिल्लाको शारदा नगरपालिका निवासी १५ वर्षीया बालिकामाथी सामुहिक बलात्कार भएको छ ।आमा बुवाको संरक्षणमा नरहेकी ती बालिकालाई शारदा नगरपालिका– नगरपालिका –४ निवासी २२ वर्षीय शुरेस बस्नेत र सोही ठाउँ निवासी २२ वर्षीय मनोज गिरीले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको   जिल्ला प्हरी कार्यालय सल्यानले जनाएकाे छ ।

पीडित बालिकाको आमा नभएको र सुस्त मनस्थितीका बुवा पनि रोजगारीका सिलसिलामा अन्य जिल्लामा गइ रहने हुँदा बालिका आफन्तहरुको घरमा बस्ने गरेको प्रहरीले जनाएको छ । बुवा आमाको संरक्षण नपाएपछि बालिका कहिले अन्टी,कहिले मामा र कहिले आफु संग बस्दै आएको बालिकाकी माइलीआमाले जानकारी दिनुभयाे  ।

आफन्तहरुकोमा बस्ने क्रममा आफु संग बस्दै आएकी बालिकालाइ आफु घरमा नभएको समयमा पुष ८ गते बेलुका बालिका बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडित पक्षले प्रहरीमा दिएको उजुरीको आधारमा आरोपित दुबैजानालाइ प्रहरीले पुष १० गते पक्राउ गरेको जनाएको छ ।

आरोपित दुबैजनालाइ हिरासतमा राखी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । यसैबिच केही समय अघिमात्रै ती बालिकालाइ ललाइ फकाइ बाल विवाह गरेको आरोपमा एक जनालाइ प्रहरीले पक्राउ गरी सकेको छ ।

आर्थिक अवस्था कमजोर भएको फाइदा उठाउँदै बागचौर नगरपालिका –१ कोटबेत निवासी २७ वर्षीय महेश बस्नेतले घरमा श्रीमति हुँदाहुँदै बहु विवाह गरेको थाहा पाएपछि आफन्तहरुले प्रहरीलाइ खबर गरेका थिए ।

जेठी पत्नीबाट छोराछोरी छैनन्,तिमीलाइ म पाल्छु दुखः दिन्न भन्दै बालिकालाइ आफन्तको घरमा बसी रहेको अवस्थामा मंसिर १२ गते भगाएर लगेका आरोपित बस्नेतलाइ प्रहरीले मंसिर १४ गते पक्राउ गरेको थियो ।

बालिकालाई मंसिर १४ गतेनै आफन्तको जिम्मा लगाइएकोमा हाल आएर सो बालिका फेरी पनि सामुहिक बलात्कारको शिकार हुन पुगेकी हुन् ।

अहिले पनि बालिका जोखिममा रहेको र आवश्यक संरक्षणका लागी पहल गरिदिनका लागी आफन्तहरुले अधिकारकर्मी तथा पत्रकारहरुलाइ अनुरोध गरेका छन् ।

कुमाख गाउँपालिकामा १५ वर्षीया बालिका बलात्कृत,आरोपित फरार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कुमाख गाउँपालिका –४ निवासी १८ वर्षीय राजु केसी विरद्ध पिडीत पक्षले मंगलवार जिल्ल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता गराए ।

आर्थिक अवस्था कमजोर भएकी पीडित बालिकाको बुवा र आमा मजदुरीको सिलसिलामा काठमाण्डौमा रहेको र बालिका मामाघरको हजुरआमा संग बस्दै आएको समयमा घटना भएको पीडित परिवारले बताएको छ ।

आरोपितले यस अघिपनि पटक÷पटक बालिकालाइ ललाइ फकाइ बलात्कार गरेको छोरीले भनेपछि आफुले काम गर्न छोेडेर काठमाण्डौबाट घर फर्किएपछि मात्रै प्रहरी सामु पुगेको पीडित बालिकाकी आमाले बताउनुभयाे ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण पुष १२ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरियो । घटना पछि आरोपित फरार रहेको र खोजी कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

एक वर्षको अवधिमा १८ बालिका यौन हिंसा तथा बलात्कारको शिकार

यस जिल्लामा एक वर्षको अवधिमा १८ जना बालिकाहरु यौन हिंसा तथा बलात्कारको शिकार भएका छन् । मानवअधिकारको क्षेत्रमा कृयाशील संस्था इन्सेकले जनवरी देखी डिसेम्बर सम्मको एक वर्षको अवधिमा संकलन गरेको तथ्याँकमा जिल्लामा २८ वटा बलात्कारका घटनाहरु भएको उल्लेख छ ।

जसमध्ये १८ जना बालिकाहरु आफन्त र छिमेकीबाट बलात्कृत भएका छन् । जिल्लामा बालत्कारका घटनाहरु बढ्न थालेपछि प्रहरी तथा सारोकारवालाहरु ले बलात्कार विरुद्धका अभियानहरु संचालन गरेका छन् ।

  • 91
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close