यौन दुर्व्यवहार तथा बलात्कारबाट बच्न सल्यानमा किशोरीहरूलाइ आत्म सुरक्षा तालीम

कभरखबर डेस्क,सल्यान

पछिल्लो समय सल्यानमा यौन दुव्र्यवहार तथा बलात्कारका घटना बढ्दै गइ रहेको बेला छत्रेश्वरी गाँपालिकाले किशोरीहरूको लागि आत्म सुरक्षा तालीम प्रदान गरेको छ ।

यौन दुव्र्यवहार तथा बलात्कारबाट बालिका तथा महिलाहरू पिडीत भएको सन्दर्भमा यसबाट कसरी आफ्नो सुरक्षा गर्ने भन्दै तालीम प्रदान गरेको गाँउपालिकाले जनाएको छ ।

जिल्लामै पहिलो पटक गाउँपालिकाका ९ वटा माविमा तालीम सन्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्काले जानकारी दिनुभयो।तालीममा किशोरीहरूको आत्म सुरक्षा सम्वन्धी प्रारम्भिक टेकनिकहरू सिकाइएको उहाँले बताउनुभयो ।

सार्वजनिक यातायातमा यात्रा गर्दा वा अन्य स्थानहरूमा हिंडडुल गर्दा महिलाहरूमा माथि हुने यौन दुव्र्यवहारबाट आत्म रक्षा गर्ने सम्वन्धमा मार्सल आर्ट खेलाडीहरू सीता खड्का र लवमाया थापाले प्रारम्भिक टेकनिकहरू प्रदर्शन गरेका थिए । कार्यक्रमबाट महत्वपूर्ण सिकाइ भएको सहभागीहरूले बताएका छन।

गाउँपालिकाको २ लाख ७० हजार बराबरको आर्थिक सहयोग तथा युथ अफ तुलसीपुरको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो ।

छात्रा तथा महिलाहरूमा आत्मविश्वाश हुनुपर्ने र यौन दुर्व्यवहार विरूद्ध बोल्ने हिम्मत हुनु पर्ने बताउँदै गाउँपालिका अध्यक्ष केसीले छात्राहरू मार्फत गाउँघरमा समेत यस्तो सिकाइ तथा ज्ञानको प्रवाह होओस भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।पुस १५ गते त्रिभुवन जनता मावि भोटेचौरमा उद्घाटन भएको कार्यक्रमको समापन सोमबार मावि शंखमूलमा गरियो।

  • 39
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close