अबको नेतृत्वकाे जिम्मा नयाँ पुस्तालाइः नेता शाह

सल्यान ।
नेकपा वली समुहका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश साँसद गुलाबजंग शाहले अबको नेतृत्व नयाँ पुस्ताले गर्ने बताउनु भएको छ । मंगलबार सल्यान सदरमुकाम खलंगामा आयोजित नेकपा केपी ओली समुहका युवा तथा विद्यार्थी संगठनहरुको भेलालाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

केपी ओली पक्षका नेता शाहले वर्षौदेखी एउटै व्यक्तीले नेतृत्व ग्रहण गर्ने परम्पराको अन्त्य गर्न वली सरकार लागी परेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाइ पद हस्तान्तरणका कुरा गर्दा पाँच जना सचिवालयले गुटको भेला गरेर पार्टी फुटाउन तर्फ लागेको उहाँको भनाइ छ ।

युवाहरुलाइ नआत्तिन आग्रह गर्दै नेता शाहले निर्वाचन आयोगले आधिकारिक पार्टी र चिन्ह आफुहरुलाइ नै दिने दावी गर्नुभयो ।

कार्यक्रममा केपी वली समुहका केन्द्रीय सदस्यहरु लोक बहादुर डाँगी, गोविन्द पुन लगायतकाहरुले बोल्नु भएको थियो ।

भेलाले रुपक बुढाको संयोजकत्वमा १सय ३५ सदस्यीय युवा संघ जिल्ला सम्मेलन आयोजक समिती र राम बहादुर केसीको संयोजकत्वमा १सय १ सदस्यीय अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ ।

  • 479
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close