बनगाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको बिषयमा अन्तरक्रिया सम्पन्न

सल्यान .
अनौपचारिक सेवा केन्द्र इन्सेकको आयोजनामा सल्यानको सल्लीबजारमा शिक्षा, स्वास्थ्य,खाद्य र आवासको बिषयमा छलफल कार्यक्रम पुष २२ गते सपन्न भएको छ ।

कार्यक्रममा नगरपालिका स्तरीय मानव अधिकार समुहले शिक्षा, स्वास्थ्य, खाद्य, कृषि र आवासको व्यवस्थापनका विषयमा नगरपालिकामा दुइपटक ध्यानाकर्षण बुझाइ सकेको भएपनि ती विषयमा सम्बन्धित नगरपालिकाले खासैे ध्यान नदिएको र कार्यन्वन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

दरवन्दि नहुँदा विद्यालयहरुनै बन्द हुने अवस्थामा पुग्दा समेत नगरपालिकाले चासो नदिएको गुनासो शिक्षक साथीहरुले गर्ने गरेको बताउँदै स्थानीय शिक्षक पुष्कर विसीले नगरपालिकाले यस तर्फ आप्mनो ध्यानाकर्षण गर्नु पर्ने बताउनुभयो ।
अन्य जिल्लाहरुमा निुशल्क शिक्षा प्रदान गर्न स्थानीय सरकारले स्वयंसेवक शिक्षकाको व्यवस्था गरी सकेको हुनाले यस नगरापालिकाले पनी स्वयं शिक्षकको व्यवस्था गरेर समस्या समाधान तर्फ लाग्नु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै शिक्षक हिरारालाल गौतमले शिक्षा,स्वास्थ्य निति प्रयोगमा नहुदा शिक्षा र स्वास्थ्यमा उत्साहजनक रुपमा काम नभएको बताउनुभयो । विद्यालयहरुमा सरकारले सेनेटरी प्याडको लागि वजेट निकासा गरे पनि प्याड खरिद गर्न नस्कदा विद्यालयमा स्यानेटरी प्याड उपलब्ध हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख मञ्जु यरीले सबै क्षेत्रमा नगरको तर्फबाट भएका प्रगतिका वारेमा जानकारी दिनु भयोे । मानव अधिकार समुहले केही समय अघि ध्यानाकर्षण गरेका सबै काम पूरा हुन नसके पनि केही काम भैरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाको शिक्षा शाखाका धुर्वा थापा, स्वास्थ्य शाखाका सन्तोषी रावत, कृषि शाखाका टीका जैसी, महिला वालवालिका शाखाका लक्ष्मी शाहीले सरोकारवालाले राखेका सवालको जवाफ दिनुभएको थियो । सो अवसरमा सरोकारवालाहरुले सबै भन्दा शिक्षामा निकै कठिनाइ भएको गुनासो गरेका थिए ।

सो अवसरमा इएलपी परियोजनाका प्रदेश प्रमुख दिलवहादुर चौधरीले परियोजनाको कार्य वारे जानकारी गराउनु भएको थियोे भने सल्यानका सहजकर्ता रामचन्द्र रेग्मीले परियोजनाले काम गरेका क्षेत्रवारे प्रष्ट पार्नु भएको थियोे । कार्यक्रमको संचालन पत्रकार दुर्गा विशीले गर्नु भएको थियो ।

  • 71
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close