
कभरखबरडेस्क सल्यान ।
पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा दिगोपना सुनिश्चितताका लागि कार्ययोजना तयारी गोष्ठी सल्यानको शारदा नगरपालिकामा बिहीवार सम्पन्न भएको छ । दुइ दिन सम्म संचालन भएको कार्यक्रममा सहभाीहरुले बालबालिका कुपोषण को सिकार भएमा विकासमा समेत बाधा पुग्ने भन्दै बच्चा गर्भमा रहे देखिनै आमा र बच्चालाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने बताएका थिए ।
कायक्रममा पोषण सुधारका लागी बहुक्षेत्रगत विषयगत शाखाका कृयाकलापहरु तयार गरी प्रस्तुतीकरण गरिएको थियो । सो नीति तथा कृयाकलापहरु संचालनको लागी उपस्थित सबैले प्रतिबद्धता जाहेर गर्नु भएको छ ।नगरपालिका भित्रका वडा अध्यक्ष,शिक्षा,स्वास्थ्य,कृषि,भेटनरी लगायत सरोकारवालाहरु सहभागी रहेको यस कार्यक्रममा अहिलेको बालबालिका भोलीको युग भएकाले बालबालिकाको स्वास्थ्यका लागी विशेष अभियानको थालनी गर्ने सबैले प्रतिबद्दता जनाएका छन् ।
कार्यक्रममा नगरपालिका मातहतका शिक्षा, महिला तथा बालबालिका, स्वास्थ्य शाखा कार्यालयका प्रमुखहरुले आ आफ्नो शाखाहरुले गरेका कार्यको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा प्रस्तुती राख्नु भएको थियो । यस नगरपालिका बाट कुपोषण हटाउन सबै सरोकारवालाहरुले भुमिका खेल्नु पर्ने भन्दै कुपोषण न्युनिकरण गर्न वडा स्तरबाट कार्यको शुरुवात गर्नु पर्ने सहभागीहरुले प्रतिबद्दता जनाएका छन् ।
सुआहार कार्यक्रमका निर्देशक विश्व रमण न्यौपानेले सकारात्मक सोंचका विषयमा प्रस्तुती राख्दै व्यवहार परिवर्तनका बारेमा आफैबाट शुरुवात गर्नु पर्ने विषयमा जोड दिनु भएको थियो । हामी आफैले नयाँ कामको शुरुवात गर्नु पर्छ उहाँले भन्नुभयो मानिस नामले भन्दा पनि कामले परिचित बन्नु पर्छ ।पोषणको प्रसंगमा उहाँले बालबालिकाको पोषणमा गरेको लगानी कहिलै खेर नजाने बताउनुभयो ।
बालबालिकाको स्वास्थ्यको लागी अभिभावकहरु विशेष चनाखो हुनु पर्ने बताउँदै स्थानीय सरकारले पनि पोषणको क्षेत्रमा लगानी गर्न आग्रहर गर्नु भयो । बालबालिका कुपोषण को शिकार भएमा विकासमा समेत बाधा पुग्छ,त्यसैले बच्चा गर्भमा रहे देखि नै आमा र बच्चा लाई पोषणयुक्त खानेकुरा हरु दिनु पर्छ ,उहाँले भन्नुभयो । हाल दिगो विकास लक्ष्यमा पुग्न समेत पोषणको क्षेत्रका गर्नु पर्ने कामहरु थुप्रै रहेकाले यस पालिकाले आगमी दिनमा पोषणको क्षेत्रमा ठोस योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा शारदा नगरपालिकाका उप प्रमुख सावित्रा बस्नेतले नगरपालिकाको स्वास्थ्य तथा पोषणका लागी स्थानीय शुसासन सम्बन्धी २७ बुँदे नीतिहरु प्रस्तुत गर्नु भयो । सो अवसरमा उहाँले पोषणको क्षेत्रमा लक्षित वर्गको पहिचान गरि कार्य योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोषणको लागी स्वास्थ्य,कृषि,भेटनरी लगायतका क्षेत्रहरु एक अर्काको परिपुरक भएकाले यस क्षेत्रमा आवश्यक बजेट विनियोजन गरी योजना बनाएर काम गर्ने छौं,उहाँले भन्नुभयो ।
कार्यक्रमको समापन अवसरमा बोल्दै दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले शिक्षा,स्वस्थ्य,पोषणको कुरामा खासै ध्यान नपुगको अवस्थामा सुआहारा कार्यक्रम संगको सहकार्यमा यस क्षेत्रमा उपलब्धी मुलक कामहरु भइ रहेको बताउनुभयो । दिगो विकास लक्ष्य पुरा गर्न पोषणको क्षेत्रमा स्थानीय सरकार संगको सहकार्यमा पनि दिगो रुपमा पोषणको लागी काम गर्न सकिने उहाँले बताउनु भयो ।
सुआहारा कर्णाली प्रदेश संयोजक सुरज कुमार शर्माले पोषणको लागी तय गरेको कार्ययोजना सफलता पुर्वक सम्पन्न गर्न शुभकामना दिनुभयो । स्थानीय जनप्रतिनिधीहरुले विषयगत शाखाहरुसंग तथ्याँक मागेर अवस्था अनुगमन गरी कार्य योजना बनाएर काम गर्न सके लक्ष्य प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । उहाँले यस पालिकाले गर्भवती आमाहरुलाइ लक्षित गरी पोषण सम्बन्धी विशेष कार्यक्रम लागु गर्न आग्रह गर्नुभयो ।
शारदा नगरपालिकाको आयोजना तथा युयसआइडी,सुआहारा,दलित विकास समाज को सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन शारदा नगरपालिका स्वास्थ्य शाखाका रविन्द्र बिष्टले गर्नु भएको थियो ।
प्रकाशित मिति: २३ पुष २०७७, बिहीबार २२:३९