
सल्यान ।
सल्यानमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका ६ बरला बजार नजिकै ढोरचौरतर्फबाट श्रीनगर आउँदै गरेको ना ३ ख ९६४३ नम्बरको यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिदा श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकल चालकको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृत्यु हुने मोटरसाइकल चालक शारदा नगरपालिका ६ बरला निवासी ३० वर्षीय बिरन्द्र भण्डारी भएको प्रहरीले जनाएको छ । घटना बुधबार बिहानको हो ।
प्रकाशित मिति: २९ पुष २०७७, बुधबार १४:२८