मतदाता नामावली अध्यावधिक विषयमा सल्यानमा अन्तरकृया सम्पन्न

करेश्मा गिरी, सल्यान  ।

मतदाता नामावली अध्यावधिक कार्यक्रमका बारेमा सल्यान जिल्लाका सरोकारवालाहरु सँगको अन्तरकृया कार्यक्रम आइतवार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षता र जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टको प्रमुख आथित्यतामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख बिष्टले मुलुकले शान्ति स्थायित्व कायम गर्नको लागी भएपनि निर्वाचको अर्को विकल्प नभएको बताउनुभयाे।

राजनितिक निकासका लागि निर्वाचनले थुप्रै परिवर्तन ल्याएको बताउदै उहाँले ढिलो चाडो भएपनि निर्वाचन हुने भएकाले यसमा राजनितिक दलहरु र सरोकारवाला निकायको महत्वपुर्ण भुमिका रहेको बताउनुभयाे।

कार्यक्रममा गएको तीन बर्षको अवधिमा मतदाताहरुको संख्यामा वृधि भएके जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएकाे छ । ०७४ सालको निर्वाचनमा १ लाख ३४ हजार २ सय १३ रहेकोमा अहिले १ लाख ४१ हजार २ सय २० पुगेको निवार्चन अधिकृत मधुकर कुमार साहले जानकारी दिनुभयाे।

अहिले सरकाले मध्याबधी निर्वाचनको लागि २०७८ साल बैशाख १७ र २७ गते सम्पन्न गर्ने गरी मिति तोकिसकेकाले जिल्लामा पनि आवश्यक कार्यक्रमहरु अगाडी बढाइएको समेत उहाँल् बताउनुभयाे ।

उहाँका अनुसार मतदाता नामावली अद्यावधिक कार्यक्रम जिल्लाका सबै स्थानिय तहमा संचालन गर्नका लागि ५ वटा मतदान केन्द्र थपेर १ सय ८५ वटा मतदान केन्द्र बनाईएको छ ।

  • 31
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close