रुकुम पश्चिममा बिकास निर्माण तिव्र गतिमा अगाडी बढ्दै

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिममा यस बर्ष धमाधम बिकाश निर्माणका काम भैरहेका छन |  सिचाई कुलो निर्माण , बिद्यालयका भबन निर्माण , तरकारी खेतीका निम्ति टनेल निर्माण , सडक निर्माण , सडक ग्राबिल निर्माण , अपुरा सडकको पुरा निर्माणको काम भैरहेको सबन्धित स्थानीय तहले बताएका छन | पहिलाको कामलाई थाति राखेर बाफिकोट गाउपालिका र मुसिकोट नगरपालिकाले आफ्नो ठाँउ र सिमानामा बिकास निर्माणका कामहरुलाई अगाडी बडायको छ |

प्रदेश सरकार र सडक डीबीजन कार्यालय संग समन्य गरेर कामलाई अगाडी बडायको मुसिकोट नगरपालिकाले जनायको छ | बिकास निर्माणको कामको ढिला सुस्तीमा ब्यापक गुनासो आउन थाले पछी स्थानीय सरकार आफैले सडक डीबीजन कार्यालय , प्रदेश सरकार र संघीय सरकार संघ पहल चालेर काम अगाडी बढायको बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसीले बताउनुभयाे | सबै भन्दा बडी गुनासो आउने गरेको छिनखेत बाफिकोट सडक खण्डमा अहिले काम अगाडी बढायर पनि सकिएको छ |

प्रदेश वा संघीय सरकारले हेर्ने काम भन्दै स्थानीय सरकारले निर्माण गरेको थिएन | संघीय सरकारको सर्सत बजेटबाट ठेकेदार मार्फत काम निर्माण गरियको छ | डाफे विल्डर्स प्रालिले उक्त कामको जिम्मेवारी लियको थियो | ५० लाख बजेटमा उक्त काम निर्माण गरियको बाफिकोट गाउपालिकाका ओभरसियर दल बहादुर ओलीले जानकारि दिय | बिशेस गरि बाफिकोट गाउपालिकाको वडा नम्बर ४ खोलिबडगाउ सिचाई कुलो निर्माण , ३ नम्बर वडामा सिचाई कुलो र बिलिब्रिज पुल निर्माण , वडा नम्बर ९ मा रहेको सिचाई कुलो निर्माण , बाफिकोट ४ सिम्तारु देखि नेताबजार सम्म सडक मर्मत र जाली भर्ने काम , सडक चौडा , ८ नम्बर र ९ नम्बर वडालाई जोड्ने सडक निर्माण लगायतका काम भैरहेको बाफिकोट गाउपालिकाले जनायको छ | वडामा जोड्ने सडक नभयर पनि सबै वडाको टोल सम्म पुग्ने गरि काम भैरहेको छ |

अहिले सम्म सबै वडामा सडक पुगिसकेको र वडाका बिकट ठाउमा सडक सन्जाल जोड्न स्थानीय सरकारलाई सकस भैरकेको वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्र बहादुर केसीले गुनासो समेत गर्नुभएकाे छ । चाडै नै काम सम्पन्न गर्न कामको जिम्मा लियका निर्माण ब्यबसाहिलाई चेतावनी दियको वडा अध्यक्ष केसीले बताउनुभएकाे छ |

मुसिकोट नगरपालिका र बाफिकोट गाउपालिकालाई जोड्ने गाराघाट पुलको काम अलपत्र परेको समाचार प्रकाशित भएपछि बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसीले कामको जिम्मा लियको नार्गाजुन कम्पनीका ठेकेदार दिपेन्द्र शाहीलाई कारबाही गरिदिन मन्त्रालयलाई चिठि लेखेको बताउनुभयाे | मन्त्रालयलले चिठीलाई स्वीकार गर्दै उक्त ठेकेदारलाई कारबाही गरेर नयाँ टेण्डर खोलेलो प्रष्ट पारे | अहिले सम्म बिकास निर्माणको काम अन्तिम चरणमा पुगेको नगरप्रमुख देविलाल गौतमले बताउनुभएकाे छ |

प्रकाशित मिति: ८ माघ २०७७, बिहीबार १७:२५