विप्लव सल्यानका जिल्ला सदस्य लगाएत ४२ जना नेकपामा प्रवेश

सल्यान ।

विप्लव सल्यानका जिल्ला सदस्य लुट बहादुर केसी नेकपामा प्रवेश गरेका छन् । विप्लव पार्टी निकट शिक्षक संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष समेत रहेका केसी  नेकपामा प्रवेश गरेका छन ।

आइतवार सल्यानको मार्केमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सल्यानका जिल्ला सदस्य लुट बहादुर केसी नेकपामा प्रवेश गरेका हुन । केसी विप्लव पार्टी निकट शिक्षक संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष समेत रहेका थिए ।

नेकपा शारदा नगरपालिका ८ र ९ को सपथ ग्रहण कार्यक्रममा केसीलाई कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वाला र जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले स्वागत गर्नुभएकाे थियाे। कार्यक्रममा विप्लव समूह, काँग्रेस र राप्रपाबाट ४२ जनाले पार्टी प्रवेश गरेको नेकपाका नेता रमेश गौतमले जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति: ११ माघ २०७७, आईतवार २०:४१